Thursday, April 25
Shadow

नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड


  • -इ
  • इ+

नुवाकोट, माघ २ । नेकपा (प्रचण्ड- माधव समुह) को ककनी ३ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम बिच नेता तथा कर्याकर्ता भेला सप्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष घननाथ बजगाइले आफू पनि पार्टीको अरु सदस्य जस्तै भएको बताए । उनले पार्टी सदस्य भइसकेपछि जिम्मेवारपुर्ण हुनुपर्ने औंल्याएका छन् । आफ्ना कार्यकर्तामा प्रशिक्षण कम भएको .पनि बताए । भेलामा पार्टी सदस्यहरुको सहभागीता कम भएको बताउँदै उनले वडामा सुचना र प्रविधिमा केहि ढिलाइ भएको बताए ।  यसमा छिटो र छरितो गर्न पनि सुझाव दिए ।

साथै उनले वडा कमिटि नभएको उल्लेख गरे । उनले भने -अब एउटा चुस्त दुरुस्त खालको पार्टी बनाउ यहाँ जति छौ यतिले मात्रै पुग्दैन । वडामा भएका गतिविधिका बारेमा घचघच्याउने पार्टी नभएको उनले बताए । वडा कमीटी भन्दा पार्टी ठुलो यसैले पार्टी दरिलो बन्न पर्छ उनले भने’ ।

पार्टीले वडा अध्यक्षलाई निर्देशन दिदै फोकस गरेर संचालन गर्नु पर्नेमा  उनले जोड दिए । साथै उनले पार्टी र प्रधानमन्त्रीले छुटै निर्णय दिदा यो स्थीतिमा आइपुगेको बताए ।

आफुहरुको वडामा यस्तो नहुनलाई पार्टी संगठन दरो र बलियो हुनुपर्ने उनको तर्क थियो । पार्टीमा सबै एकजुट हुन पनि उनले आग्रह गरे ।साथै कार्यमक्रमा पार्टीका सदस्यहरु सच्चा सिपाही भएकाले पार्टीको निर्देशन अनुसार काम गर्नु पर्ने बताएको छ । तर यसका लागि भेला बैठक नभएको पनि उल्लखे छ ।

चुनाव आउँदा मात्र भेला बैठक हुने तर अघिपछि नहुने र हास्र हुँदै गएको पनि बताएको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो भनाइ राखेका थिए । नेकपा विभाजन भएसँगै दुबै समुहले पछिल्लो समय छुटाछुटै बैठक र भेलाको आयोजना गर्दै आएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares