Friday, September 19
Shadow

विचार

निर्वाचनको परिणामले माओवादीलाई चुनौती दियो – पोलिटब्युरो सदस्य दाहाल

निर्वाचनको परिणामले माओवादीलाई चुनौती दियो – पोलिटब्युरो सदस्य दाहाल

ब्यानर समाचार 2, राजनिती, विचार
लेखक -  महेश्वर दाहाल    केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी हुन्छ भन्ने प्रारम्भिक अनुमान सरकार गठबन्धनभित्र थियो । अहिले ल्याएको सिटभन्दा एमालेको कम हुन्छ भन्ने थियो । रवि लामिछानेले नेतृत्व गरेको पार्टीले यति ठूलो संख्यामा जित्दैन भन्ने नै थियो । मुलतः यो निर्वाचनमा दुइटा गठबन्धन लडेका थिए । नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनले संविधानको रक्षाको कुरा गरेका थिए, लोकतन्त्र रक्षाको कुरा गरेका थिए भने एमाले–राप्रपासहितको गठबन्धनले राष्ट्रवादलाई जोड दिएका थिए । तर, दुवै गठबन्धनले अपेक्षाकृत जीत हासिल गर्न सकेनन् । नागरिकको चाहना भने यथास्थितिको विपक्षमा स्पष्ट देखियो । रवि लामिछानेको राष्ट्रिय स्वत...
कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
लेखक - माधव तिमल्सिना काठमाडौंमा नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको हो कि डा. बाबुराम भट्टराई र वर्षमान पुनसँग गरेको हो मलाई त बुझ्नै कठिन भएको छ । नेपाली कांग्रेसको बलियो पकड रहेको काठमाडौं २ मा वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीलाई नेपाली कांग्रेसले छाडेको छ र काठमाडौं ७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराईलाई छाडेको छ । एमाले फुटेको अवस्था, स्थानीय निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेस एक्लैले सजिलै जित्ने ठाउँ हुन यी । काठमाडौं–९ मा सत्तारुढ गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस पहिलो भए पनि एमालेभन्दा कमजोर भएकाले माओवादी केन्द्र वा अरुलाई टिकट दिंदा कांग्रेसी नेता तथा कार्यकर्ताहरुमा कुनै गुनासो छैन । माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको पक्षमा बिना हिच्किचाहट कांग्रेसी नेता तथा कार्यकर्ताहरु हिंडेका छन् । यो निर्वाचन क्...
किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?

किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?

ब्यानर समाचार 2, विचार
नेपालको बाहेक सबै देशको झण्डा चतुर्भुजाकार छन्, आखिर हाम्रो देशको झण्डा मात्र कसरी त्रिकोणाकार हुन पुग्यो? कहिले हुन पुग्यो? यसका डिजाइनर को थिए? झण्डाको कहानी बुझ्नको लागी सर्वप्रथम 'समुन्द्री जहाज युग' बुझ्न जरूरी छ। सन् १६०० देखि १८०० को बिचमा पानी जहाजको राम्रो विकास तथा विस्तार भएको देखिन्छ। पानीजहाज मार्फत नै युरोपियन देशहरूले अन्य देशहरूमा कब्जा तथा शासन गर्ने गर्थे। यातायातको भरपर्दो र बलियो माध्यम थियो पानीजहाज। यो समुन्द्री जहाज युग भन्दा अगाडी सम्म राष्ट्रिय झण्डा खासै प्रचलनमा थिएन,जब शत्रु वा मित्र जहाज चिन्नको लागी समस्या देखिने भयो तब समुन्द्री जहाज सम्पन्न राष्ट्रहरूले संकेतस्वरूप आफ्नो आफ्नो चतुर्भुजाकार झण्डा प्रयोग गर्न थाले। हाबाको तिब्र वेगमा पनि चतुर्भुजाकार झण्डा परैबाट स्पष्ट देख्न सकिने र अन्य तवरले पनि सहज भएकाले जहाजमा चारभुजे झण्डाको विस्तार भयो। र ज...
समय यात्रा !

समय यात्रा !

विचार
ए. पोख्रेल- अंतरिक्षमा समय छिटो र ढिलो हुने गर्दछ। यसको रहस्य के हो ? अनि समय यात्रा (Time Travel) कस्तो हुन्छ त ? १. यो कुरा सन 1971 मा गरिएको एउटा परीक्षण अनुसार प्रमाणित भएको थियो। अंतरिक्षमा स्थान अनुसार समय छोटो र ढिला हुने गर्दछ भन्ने आइस्टाइनको सिदान्त अनुसार, वैज्ञानिकहरूले अटोमिक (atomic ) घढीको निर्माण गरी, एउटा घढी पृथ्वीमा राखियो र अर्को घढी हवाईजहाजमा राखी ( aeroplane ) पृथिबीको फन्को मारियो जहाँ, पृथिबीको घढी भन्दा माथिको घढीले कम समय देखायो । २. हामीले प्रकाशको गति बराबर कुनै एउटा रकेटमा बसेर अन्तरिक्षमा जम्मा दश वर्ष (10 Years) लगातार यात्रा गरियो भने पृथिबीमा नौ हजार (9,000 Years) वर्ष बराबर हुने गर्दछ। अर्थात् हामी पृथ्वीमा फर्किदा सबै कुरा स्वतः नौलो हुने छ । अर्को उदाहरण, अन्तरिक्षमा छोडिएका Satellite () हरुको घडीले देखाउने समय पनि समय_समयमा पृथिबीको स...
शासकीय स्वरुपमा मानवीय मूल्य

शासकीय स्वरुपमा मानवीय मूल्य

ब्यानर समाचार 2, विचार
लेखक: चिरन कोइराला   मानवीय मूल्य (Human Values) परिचयः मानव जाति र समाजको आधारभूत असलपन नै मानवीय मूल्य हो । आधारभूत मानवीय मूल्यहरूले ती मूल्यहरूलाई जनाउँछ जुन मानव हुनुको मूल भाग हो एवं मानवीय हितको मूलमन्त्र हो । मानवमा भएका आधारभूत अन्तर्निहित मानहरूः सत्य, इमान्दारीता, वफादारी, सत्भाव, दया, प्रेम, शान्ति, अहिंसा, असल आचरण, सहयोगी भावना आदिनै मानवीय मूल्यहरु हुन् । मानवमा भएको प्रेम, सद्भाव, सहिष्णुता, विश्वास, भाइचारा, सेवाभाव एकता, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदाय...
नेपाली कम्युनिष्ट आन्दोलन संकटमा:राम कार्की ‘पार्थ’

नेपाली कम्युनिष्ट आन्दोलन संकटमा:राम कार्की ‘पार्थ’

ब्यानर समाचार 2, विचार, सम्पादकीय
सपनाहरू सधैं वास्तविकता भन्दा अगाडि हुन्छन् नेपाली कम्युनिष्ट आन्दोलन अहिले अत्यन्तै कठिन र गहिरो संकटमा छ र सम्भवतः विगतमा यस्तो जटिल र गहिरो संकटको सामना गर्नु परेको थिएन । यसको अर्थ नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो ६० वर्षभन्दा लामो इतिहासमा कठिनाइको सामना गर्नुपरेको छैन भन्ने होइन । ती कठिनाइहरू र आजको सहज देखिने तर गहिरो संकटबीचको मूल भिन्नता भनेको त्यो आन्दोलनले आफ्ना कार्यकर्ताहरूको सपना देखेको थियो। ती सपनाहरूबाट स्वाभाविक रूपमा बगेको साहस, उत्साह, प्रेरणा र ज्ञानले कठिनाइहरू पार गर्न आवश्यक ऊर्जा प्रदान गर्‍यो। केही अर्थमा, विश्वव्यापी कम्युनिष्ट आन्दोलन आफैंमा अभूतपूर्व समस्याहरूको सामना गरिरहेको छ। तर नेपाली कम्युनिष्ट आन्दोलनमा पाइने कठिनाइहरु धेरै हिसाबले विश्व कम्युनिष्ट आन्दोलन भन्दा फरक छन् । नेपाल यस्तो देश हो जहाँ वयस्क जनसङ्ख्याको ठूलो हिस्साले आफूलाई कम्युनिस्ट आन्दोलन...
ईश्वर भन्ने चिज यस्तो रहेछ

ईश्वर भन्ने चिज यस्तो रहेछ

ब्यानर समाचार 2, विचार
विश्व मा कुन ईश्वर ठूलाे अथवा कसकाे ईश्वर ठूलाे ? इत्यादि विवाद लामाे समय देखि सुनिँदै आएकाे छ । आज एस विषय मा केही मनन गराैं । एस कुरा काे समाधान वेद वाङ्मय र भगवद् गीता मा स्पष्ट रूप मा पाइन्छ । पहिले के कुरा बुझाैं भने ईश्वर भन्ने जुन महान् तत्त्व छ त्याे वास्तवमा संसारमा एउटै मात्र छ र त्याे सर्वव्यापी पनि छ । साथै ऊ साकार रूप धारण गर्न पनि सक्छ र निराकार भइरहन पनि सक्छ । साथै ऊ प्राणी मात्र काे साझा पनि हाे । एसरी याे ईश्वर भनिने तत्त्व एस्ताे रहेछ भन्ने निश्चित भए पछि र सर्वव्यापी पनि छ भन्ने भए पछि एस्ताे एकल साझा तत्त्व लाई तेराे र मेराे अनि ठूलाे र सानाे भन्ने प्रश्न उठाउनु कहाँ सम्म उचित हाेला र ? वैदिक वाङ्मय मा के पनि भनिएकाे छ भने संसार काे रचना गर्ने, सञ्चालन गर्ने र प्रलय गर्ने सबै काम उही ईश्वर कै अध्यक्षता मा हुने गर्छ हेर्नु हाेस् गीता नवाैं अध्याय। अनि विना ईश्वर...
दसैंको टीका र झांग्ज़ुंग सभ्यता

दसैंको टीका र झांग्ज़ुंग सभ्यता

ब्यानर समाचार 2, विचार, साहित्य/कला
बुद्ध जन्मनु (५०० ई.पु अगाडि) गंगा मैदान उत्तर भारतमा बस्ने समुदायको एउटा संस्कृति उदाई रहेकोे बेला काठमाडौ उपत्यकामा किराँतकाल रहेकोे थियो भन्ने विभिन्न वंशावली बाट अनुमान् मात्रै गर्न सक्छौं लेख्य प्रमाण पाइएको छैन, किनभने लिच्छविकाल त ई सा को चौथो शताब्दी बाट मात्र सुरु हुन्छ, त्यसपछि मात्रै लेखिएको शिलालेख पाइएको छ । ई.पु ५०० वर्ष अगाडि नेपालको उच्च हिमालय भूखण्ड बोन साम्राज्य अन्तर्गत पर्दथियो। त्यतिबेला आजको तिब्बत भन्दा अलग्गै अस्तित्व बोकेर बनेको यो बोन साम्राज्य मानव विकासको चरणमा धातु युग पछी कृषि युगको सुरुवाती संगै आरम्भ भएको "बोन" सभ्यता भन्ने मान्छन् इतिहासविदहरु। यो बोन साम्राज्य आजको तिब्बतको दक्षिण पश्चिम् भाग नेपालको मध्ये भाग देखि उच्च पहाडी हिमालय देखि पश्चिम् तर्फ बढेर भारतको उत्तर खंड हिमाञ्चल प्रदेश जम्मु कास्मिर लेह लद्दाख हुँदै उत्तरमा कासगर सम्म बिशा...
सिक्किम, फिजी, क्राइमिया, श्रीलंका, ताइवान आदी ।

सिक्किम, फिजी, क्राइमिया, श्रीलंका, ताइवान आदी ।

ब्यानर समाचार 2, विचार
लेखक: चिरन कोइराला सिक्किमः एउटा सार्वभौम देश कसरी अर्को देशमा विलय हुन्छ भन्ने इतिहास छ सिक्किमको । हाल भारतको एक प्रान्तको रुपमा रहेको सिक्किम कुनै बेला एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुक थियो । भारतले लेन्डुप दोर्जेको पार्टीलाई ३२ मध्ये ३१ सिटमा चालपुर्वक चुनाव जिताई संसद्को निर्णयबाट सिक्किमलाई भारतमा विलय गराउने फैसला गराउन प्रमुख भूमिका खेलेको थियो । पछि सिक्किम भारतमा विलय भयो । सिक्किम भन्ने देश विश्व मानचित्रमा अहिले भेटिदैन । फिजीः नागरिकता र बसाइसराइबाट जनसंख्याको स्वरुप नै परिवर्तन गरी कसरी सत्ताकब्जा हुन्छ भन्ने इतिहास छ फिजीको । सात समुद्रपारिको फिजीमा सन् १८७९ मा योजनावद्ध रुपमा ३१ जना भारतीय कामदार पुर्‍याएर गरिएको बसाइसराइबाट भारतीयको बसोबास सुरु भएको पाइन्छ । फिजीमा त्यसपछि भारतबाट क्रमशः कामको लागि भनेर आप्रवासनलाई तीव्र बनाइयो । क्रमशः फिजीको तत्कालीन स...
कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार

कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार

ब्यानर समाचार 2, राजनिती, विचार
  कांग्रेस पार्टीको बैचारिक पक्ष कसैले खाेजिरहनु पर्दैन; बिधान र प्रचलनले प्रस्टयाएकाे छ ,खाेज्न पर्छ पार्टी परिचालन गर्ने झनक देखाएका कृयाशील राष्ट्रिय अन्तराष्ट्रिय प्रभाब बाेकेकाे युवाकेन्द्रित राजनिति गर्नसक्ने बिपक्षिलाई समेत बिचारले प्रतिबाद गरेर परास्त गर्न सक्ने भ्रष्टाचारमा नमुछिएकाे समाजबादी आचरण भएकाे देशर जनताकाे बिचमा बेलाबेलामा पुगेकाे प्रकाेप बिपद महामारीमा अफ्ननाे गक्ष अनुसार सेबा सहयाेग पुर्याएकाे समन्वयात्मक भूमिका निर्बाहमा खारिएकाे युबा नेता समेटेरअगाडि बढने बयक्तित्व। शात्ति र शत्ताबेगरपनि बाच्न सकिन्छ भन्ने मानसिकता बाेकेकाे नेतृत्व चयन गरेर बिधान बंमाेजिम टिम अगाडि बडे कांग्रेस जनबिश्वासकाे पार्टी बन्न कांग्रेसलाई कसैले राेक्न सक्दैन । तर पार्टीले कुनै मूल्याङकन नगरी गुट गुन्डा दलाल दुई नम्मर धन्दामा लिप्त र आफ्ना लम्पट समर्थक मात्र पार्टीमा हालिमाेहाल...