Saturday, April 27
Shadow

समय यात्रा !


  • -इ
  • इ+
ए. पोख्रेल- अंतरिक्षमा समय छिटो र ढिलो हुने गर्दछ। यसको रहस्य के हो ? अनि समय यात्रा (Time Travel) कस्तो हुन्छ त ?
१. यो कुरा सन 1971 मा गरिएको एउटा परीक्षण अनुसार प्रमाणित भएको थियो। अंतरिक्षमा स्थान अनुसार समय छोटो र ढिला हुने गर्दछ भन्ने आइस्टाइनको सिदान्त अनुसार, वैज्ञानिकहरूले अटोमिक (atomic ) घढीको निर्माण गरी, एउटा घढी पृथ्वीमा राखियो र अर्को घढी हवाईजहाजमा राखी ( aeroplane ✈️) पृथिबीको फन्को मारियो जहाँ, पृथिबीको घढी भन्दा माथिको घढीले कम समय देखायो ।
२. हामीले प्रकाशको गति बराबर कुनै एउटा रकेटमा बसेर अन्तरिक्षमा जम्मा दश वर्ष (10 Years) लगातार यात्रा गरियो भने पृथिबीमा नौ हजार (9,000 Years) वर्ष बराबर हुने गर्दछ। अर्थात् हामी पृथ्वीमा फर्किदा सबै कुरा स्वतः नौलो हुने छ । अर्को उदाहरण, अन्तरिक्षमा छोडिएका Satellite (🛰️) हरुको घडीले देखाउने समय पनि समय_समयमा पृथिबीको समय अनुसार मिलान गर्ने गरिन्छ, ताकि हाम्रो समय अनुसार (Real tme series) त्यहाँको नियमित कार्य रेकर्ड भई तथ्याङ्क पृथ्वीमा आओस ।
३. यसको पछाडिको प्रमुख रहस्य के हो त? जति धेरै ठूलो पिण्ड भएको नजिकबाट हामी गुज्रि रहेका हुनेछौ त्यति धेरै gravational force बढ्ने छ, किनभने त्यो ठूलो पिण्डले त्यति नै धेरै (गहिरो) ठूलो curvature श्रृजना गर्ने गर्दछ । जसको कारण समय स्वतः ढिला हुने गर्दछ । यसलाई टाइम डाईलेशन (Time Dilation) भनिन्छ । आइस्टाइनको यो सिद्धान्त आउनु अगाडि, सर आइज्याक न्युटनले समय सबै तिर एउटै हुने गर्दछ भनेर भनेका थिए।
४. समय यात्रा के हो?
समय यात्रा दुई प्रकारका हुने गर्दछ।
(क) भूतकालमा यात्रा गर्नु ।
यस अनुसार हामी विगतमा प्रवेश गर्न सकिन्छ। जस्तै तपाईंले आफ्नै विगत वा आफ्ना बुबा हजुरबुवा वा जिजु बुवाको समयमा प्रवेश गर्न सक्नु हुन्छ। उहाँहरूको बाल्यकाल देख्न सक्नु हुनेछ। सरसर्ती हेर्दा यो असम्भव जस्तो देखिन्छ । जस्तै विगतमा प्रवेश गरी तपाईंले आफ्नै जीजू बुवाको बालक कॉलमै हत्या गर्नु भयो भने, तपाईंको जन्म कसरी हुन्छ? तर तपाईं त जन्मी सक्नु भयो नी ! तर्क गर्यो भने असम्भव जस्तो लाग्छ यहाँ होइन र ? अर्थात् यो त एक प्रकारको पाराडक्स (Paradoxes) हुने भयो । पाराडक्स पनि विभिन्न प्रकारका हुन्छन्।
त्यसो भए भूतकालमा प्रवेश गर्न के गर्नु पर्ला त ?
भूतकालमा यात्रा गर्नको निम्ति तपाईं Wormhole मा प्रवेश गर्नु पर्ने हुन्छ। सन् 2017 का एक जना नोबेल पुरस्कार विजेता भौतिक शास्त्रका ग्रेट वैज्ञानिक किप थोर्न (Kip Thorne) का अनुसार अन्तरिक्षमा त्यस्ता Wormhole हरु श्रृजना भइरहेका हुन्छन् तर तिनीहरू निकै साना साना हुने गर्छन् । तिनीहरूलाई नेगेटिभ इनर्जी प्रयोग गरी ठूलो पारेर प्रवेश गरियो भने, त्यो सम्भव छ भनेर भन्छन् उनी !
यहाँनेर स्मरणीय कुरा के हो भने, यो Wormhole काे सिदान्त अनुसार अर्को युनिभर्सको वकालत हुने गर्दछ। अर्थात् Multiverse को अस्तित्व स्वीकार गर्नु पर्ने हुन्छ हामीले। अर्थात् यो ब्रह्माण्ड जस्तै अर्को पनि ब्रह्माण्ड छ भन्ने हो । अर्को_अर्को ब्रह्माण्ड छ भन्ने कुरामा फेरि दर्जनौं वैज्ञानिकहरु सहमत छन्।
सन् 28 जुन 2009 मा स्टेफन हकिङ्ग्सद्वारा एउटा सुन्दर प्रीति भोजको (पार्टी ) आयोजना गरिएको थियो, त्यसमा यस्तै भूतकालमा यात्रा गरिरहेका मानिसहरुको निम्ति, तर त्यहाँ कोही पनि आएनन् । उनी एक्लै कुरेर बसिरहेका थिए। उनको उदेश्य विगतमा यात्रा कसैले गरिरहेको छ वा छैन भनेर देखाउनु थियो ।
तर तपाईं विशाल gravitational force भएको पिण्ड जस्तै ब्ल्याक होलमा प्रवेश गर्नु भयो भने चाहिँ तपाईंले भूतकालमा यात्रा गर्न सक्नुहुन्छ भन्ने कुरामा चाहिँ वैज्ञानिकहरु सहमत छन्।
(ख) दोस्रो हो, अहिले नै भविष्यको यात्रा गर्नु।
यस अनुसार तपाईं अहिले नै भबिस्यको यात्रा गरी आफै, आफ्नै भविष्य देख्न सक्नु हुनेछ। जस्तै आफना छोरा छोरीको विवाह कोसंग हुने छ? नाति नातिना कति जना हुने छन् ? कस्ता कस्ता हुने छन् ? सबै कुराहरू देख्न सक्नु हुनेछ। वा त्यो विवाह मन नपरेको खण्डमा अहिले नै छोरा छोरीलाई सम्झाउने प्रयास गर्न सक्नु हुन्छ । यदि नेपाली परम्परा अनुसार बाबु आमाको पनि सहमति अनुसार गर्ने हो भने ।
नेपाली परिवेश अनुसार सजिलो भाषामा भन्नु पर्दा, हामीले विश्वास गर्दै आएको भूत, प्रेत, पिचास आदि आदिको अस्तित्व छ भनेर भन्न सकिन्छ यो समय यात्रा अनुसार । यही अनुसार उनीहरू समय समयमा तपाईंलाई भेट्न आउने गरेको होला त?
यो भबिस्य यात्रा (समय यात्रा) पुरै सम्भव छ भनेर अर्को थरी दर्जनौं वैज्ञानिकहरु सहमत छन् । यसको लागि उनीहरू कसरी छिटो उड्ने वा यात्रा गर्ने रकेट वा यस्तै केही टाइम मसिन बनाउन सकिएला कि, भनेर दिन रात लागिरहेका छन् उहिले देखि आजका दिनसम्म ।
अस्तु ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares