Saturday, April 20
Shadow

कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार


  • -इ
  • इ+

 

लेखक: गौरी प्रसाद दवाडी

कांग्रेस पार्टीको बैचारिक पक्ष कसैले खाेजिरहनु पर्दैन; बिधान र प्रचलनले प्रस्टयाएकाे छ ,खाेज्न पर्छ पार्टी परिचालन गर्ने झनक देखाएका कृयाशील राष्ट्रिय अन्तराष्ट्रिय प्रभाब बाेकेकाे युवाकेन्द्रित राजनिति गर्नसक्ने बिपक्षिलाई समेत बिचारले प्रतिबाद गरेर परास्त गर्न सक्ने भ्रष्टाचारमा नमुछिएकाे समाजबादी आचरण भएकाे देशर जनताकाे बिचमा बेलाबेलामा पुगेकाे प्रकाेप बिपद महामारीमा अफ्ननाे गक्ष अनुसार सेबा सहयाेग पुर्याएकाे समन्वयात्मक भूमिका निर्बाहमा खारिएकाे युबा नेता समेटेरअगाडि बढने बयक्तित्व।

शात्ति र शत्ताबेगरपनि बाच्न सकिन्छ भन्ने मानसिकता बाेकेकाे नेतृत्व चयन गरेर बिधान बंमाेजिम टिम अगाडि बडे कांग्रेस जनबिश्वासकाे पार्टी बन्न कांग्रेसलाई कसैले राेक्न सक्दैन । तर पार्टीले कुनै मूल्याङकन नगरी गुट गुन्डा दलाल दुई नम्मर धन्दामा लिप्त र आफ्ना लम्पट समर्थक मात्र पार्टीमा हालिमाेहाली गराउने, , मनी मसल्स नाताबाद र परिबारबादले प्रसय पाउनुले राजनीति गर्ने सबै खराब हुन भन्ने समाजमा स्थापित मान्यताले आज नेताका कारण ब्यबस्थामानै आक्रमण भईरहेकाे यथार्थ सबै राजनीति दलले बुझेर वातावरण सुधार्न नलागेमा देशनै सकट ग्रस्त हुँदै जाने अबस्था नजिकिदै गरेकाे छ याे अबस्था सुधार्नुनै जटिल राजनीति चुनाैती भइरहेछ। यी सबै समस्याकाे समाधान कुन क्षेत्र कहाबाट गर्ने भन्ने सम्बन्धमा अहिले सम्मका सबै राजनीति क्रान्तिकाे सफल आन्दाेलन राजधानी काठमाडौंबाट भएकाेले सुधार पनि काठमाडौं बाटनै हुन आबस्यक छ।

सबै आन्दाेलनकाे नेतृत्व कांग्रेसले गरेकाेले सुधार काँग्रेसबाटनै हुन पर्छ र काँग्रेसनेता नै सुध्रिन पर्छ।काँग्रेसकाे व्यवहार हेर्दा २०४६ काे जनआन्दाेलन देखिनै काँग्रेस बिग्रियाे मात्तिएकाे मात्र हाेइन प्रभाब र जालझेलले नेताले पार्टीलाई कम्पनि जस्ताे बनाएर चलाएका नकार्न सकिँसकिदैन। आन्दाेलन पश्चात् काँग्रेसकाे राजनीति सिमित मान्छेमा केन्द्रीत भयाे। हामीले ल्याएकाे प्रजातन्त्र हामीलेनै राजनीति गर्नुपर्छ पदहरुखानु पर्छ कमाउनु पर्छ भन्ने मान्यता बाेकेकाे देखियाे । ततकालिन प्रभाबशाली नेताहरुनै चुनाब लडे प्रभाब जमाउन सकेननतापनि बारम्बार एकै ब्यक्ति तिनै ब्यक्ति चुनाब लडने सम्मसद बन्नेमात्र काम राजनीति भयाे,मूल्यमान्यता भन्दा फरक ढङ्गले राजनिति गर्ने परंपराले २०४६ सालमा प्रजातन्त्र बहाली भए देखि आजसम्म नेपाली कांग्रेसपार्टीले काठमाण्डाैं जिल्लाका ठूलाे संङ्ख्यामा रहेका तामाङ्ग समुदाय (लामा), दलित समुदाय , मानन्धर समुदाय, मुसलिम समुदाय अन्य पिछडा समुदायलाई राजनीति मूल प्रबाहमा कुनै अबसर दिएकाे छैन।यसले गर्दा यी समुदाय कांग्रेस पार्टीबाट टाडा छन अझै टाडिदैछन त्यसै गरि आफ्ना प्रभाबले निर्बाचन क्षेत्र बनाएर महानगरका केन्द्रमा १०/१५मिनेटकाे सेराेफेराेबाट ३४ बर्ष देखि उहीँ ब्यक्ति बारम्बार सांसद बनेका छन। हारे पनि जितेपनि पटक पटक टिकट लिन्छन नगरमै केन्द्रीत छन, वरीपरीका काठका मान्छे नेतृत्वमा कुनै माैका दिइदैन र उनै पेशागत खानदानीयाका प्रभाबले राजधानी काँग्रेस पिडित छ खुम्चिदै छ र खुम्चिरहने छ। जनताकाे अरुचिका मेयर उमेदवार दिएर पटक पटक काठमाडौं महानगरले कांग्रेसी मेयर पाउन सकेन। जसका कारण काठमाडौंकाे कांग्रेस सङ्गठन कमजाेर हुन गयाे।यी सबै समस्याकाे जड पहिचान गरेर सुधार गर्न सकेमात्र राजधानी कांग्रेस सुध्रिन्छ र यसकाे प्रभाब देश भरिनै पर्नेछ । बिपि काेइराला चाहनु हुन्थ्याे नेपालकाे राजनीति समस्या नेपालीनै मिलेर समाधान गराै त्यसकाेलागि राष्ट्रिय मेलमिलाप नीती लिएर नेपाल फर्कनु भयाे राजासङ्ग घाँटी जाेडिएकाे सदासयता देखाउनु भयाे उहाँकाे गम्भीरयता न राजाले बुझे न कांग्रेसले।

राजाले काँग्रेसनै प्रधान शत्रुमाने बिपिकाे अन्त्य चाडै हाेस भनेर उपचारमा जान समेत राेकेका थिए। उहाकाे देहावसान भए पछि उहाकाे नीति कांग्रेसले छाड्याे त्यसैकाे फल राजाले भाेगे अब काँग्रेसले पनि ब्यहाेर्दै छ। बीपीले सर्बपछीय मेलमिलापकाे बाटाेले मात्र नेपालकाे राजनीति अगाडि बढाउन सकिने मार्गचित्र देखाउनु भयाे तर कांग्रेस आन्तरिक पार्टीको मेलमिलापमा समेत उदासिन छ। बिपरित सिद्धान्तकाे गठजाेरमा बर्षाै समय खर्चिएकाे छ तर आल्नाे पार्टीको असन्तुष्टिलाई सम्बाेधन गर्न चाहदैन एकलाैटी शत्ता कब्जामा दत्तचित्त दिएर लागेकाे छ। मुख हेरेर मान्छे रिझाउन जस्ताे जनभाबनाका बिपरित निर्णय लिने त्यसकाे परिणामकाे जिम्मेवारी बहन नगर्ने दाेष अरुमाथी थाेपर्ने गैर जिम्मेवारी पबृति पार्टीका सबैतहमा ब्याप्त छन जसका कारण जनआन्दाेलनहरुका भावना मर्म जनआकांक्षा छटपटाई रहेछन।दलित गरीब कालामजदूर असाहाय दीनदुखीकालागि अझै लाेकतन्त्र आएकाे छैन ।छाडा र मनाेमानीतन्त्रकाे बाहुल्यता छ।पार्टीका बिधानहरु असमान पक्षपात पूर्ण छन्। पाटीमा गुटगत तानाशाहीले जरा गाडेकाे छ। राजनीति पेशामा परिणत भइरहेकाे छ कुर्सीमा पुगेपछि म नै सर्बेसर्बा हु भन्ने अहम् काे उन्मात जागेकाे छ ।तै पनि प्राप्त संबैधानिक उपलब्धिकाे रक्षा गर्दै बिकृति बिसङ्गतीबाट उन्मुक्ति पाउन असल र परिबर्तन कारीकाे खाेजीमा जनता छन पार्टीका नेताहरु जनताका इच्छा बिरुद्धका ब्यक्ति अगि सारेर उहीँ पुरानै ढर्राकाे राजनीति लाद्न प्रयत्नरत छन । जब सम्म याे नेता र जनताविचकाे द्वन्दकाे समाधान हुदैन तबसम्म राजनीति अस्थिर समाप्त हुदैन र देशले बिकासात्मक गति लिन सक्दैन।यी सबै समस्या समाधानकाे उपाय भनेकाे कांग्रेसीमा गुमेकाे समाजबादी ( बीपीवाद ) आचरण नैतिकता इमानदारीता र सैद्धान्तिक जनताकेन्दीत राजनीति तर्फ लाग्नु बाहेक अर्काे बिकल्प छैन ।

लेखक : काँग्रेस नेता गौरी प्रसाद दवाडी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares