Friday, March 29
Shadow

आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना


  • -इ
  • इ+

काठमाडौं , माघ २२ । काठमाडौंको आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको मौसम मापन केन्द्रले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंमा दिउँसो सामान्य बदली हुने जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तै आजराति सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको संभावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares