काठमाडौं , माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्याली गर्दैछ ।
बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्याली गर्न लागेका हुन् ।
मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्याली दोबाटो(लगनखेल(जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल(कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ।
यता ओली पक्षको बागमती कमिटीले माघ २३ काठमाडौंमा जनसभा गर्दैछ ।संसद विघटनपश्चात मध्यावधी निर्वाचन घोषणा गरि नयाँ परिस्थितीमा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा ओली पक्षले जनसभा आयोजना गर्न लागेको छ ।
उक्त जनसभाको अन्तिम तयारी पुरा भएको बताइएको छ । र्याली तथा जनसभामा आउनेहरुका लागि काठमाडौं उपत्यकाभित्र विभिन्न १६ वटा रुटहरु निर्धारण गरिएको छ ।