Saturday, May 23
Shadow

मुख्य समाचार

झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ

झपामा दुई पुरुषद्वारा पुरुष नै बलात्कृत, दुवैजना पक्राउ

अचम्मका कुरा, अपराध, मुख्य समाचार, समाचार, समाज
झापा , फागुन ३ । दिनहुँजसो महिला बलात्कृत भएको घटना आइरहँदा झापामा भने दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन् । झापा प्रहरीका अनुसार कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका छन् । कनकाई नगरपालिका वडा नं ६ का १९ वर्षीय पारस तामाङ र वडा नं ७ का २१ वर्षीय विनोद टुडुले वडा नं ७ का ३० वर्षीय पुरुषलाई शनिवार बेलुकी ७ बजेतिर खोला किनारमा लगी बलात्कार गरेका हुन् । पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुव्र्यवहारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।...
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन ३ । अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।...
पश्चिमी वायुको प्रभाव कायमै, केही स्थानहरुमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, केही स्थानहरुमा हिमपातको सम्भावना

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ । राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पहाडी भू(भागका थोरै स...
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ३ । कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ । भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेल भन्छन्, ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहर...
तपाईको आजको दिन कस्तो रहनेछ ?

तपाईको आजको दिन कस्तो रहनेछ ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो ...
कोरोनाबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्र...
काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङ छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  ...
जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १ । जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाण रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो । जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने परमाणु प्लान्ट सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर कम्पनीले त्यसमा रेडिएसन चुहावट भएको या नभएको जाँच गरिरहेको छ । एनएचकेका अनुसार भूकम्प ३० सेकेण्डसम्म गएको थियो । सन् २०११ को मार्चमा जापानमा ९–९।१ म्याग्निच्युडको प्रलयकारी भूकम्प गएको थियो । द ग्रेट इस्ट जापान अर्थक्वेक भनेर चिनिने त्...
दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १ । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए । सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ...
‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’

‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन । नेकपा क्रान्तिकारी माओवादी ३ नंं। प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा आयोजना गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका हुन । उनले दुई तिहाई बहुमतको धाक देखाएका सरकार पूर्ण रुपमा अफल भएको तर्क गरे । दलहरुकै कारण जनयुद्धका आशिंक उपलब्धि नै गुम्ने खतरा भएको उनले तर्क गरे । कार्यक्रममा नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सिपी गजुेरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रतिनिधिसभाको विघटनपछि दलहरुको व्यवहारका कारण जनताहरु नै अलमलमा परेको उनको भनाइ छ । त्यसअघि काठमाडौंको ...