Saturday, May 23
Shadow

मुख्य समाचार

भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १ । भारतको तमिलनाडुमा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ...
धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा छ घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।  ...
राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौं , फागुन १ । राष्ट्रिय महिला लिग फुटबलमा शनिबार दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको हो । १४ अंक जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ । चन्द्रपुर ६ अंकसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अंक छ, भने आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ ।...
सरकारले  गर्यो  एक दर्जन बढी सचिवको सरुवा

सरकारले गर्यो एक दर्जन बढी सचिवको सरुवा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ । यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश–१ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छभने...
आजको मौसमः देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना

आजको मौसमः देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना

मुख्य समाचार, मौसम
काठमाडौं , फागुन १ । देशभर आंशिकदेखि सामान्य बदली रही केही देशका केही भु – भागमा वर्षा तथा हिमपातको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको प्रदेश १ का केही स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाअनुसार बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौंमा भने शनिवार सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।...
कोरोना भाइरस: विश्वभर ८ करोड ८ लाखभन्दा बढी संक्रमित निको भए, मृत्यु कति ?

कोरोना भाइरस: विश्वभर ८ करोड ८ लाखभन्दा बढी संक्रमित निको भए, मृत्यु कति ?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, फागुन १ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ८७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ८७ लाख ९ हजार ४१ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ६ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ६६५ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख ४७ हजार १३६ छ । यसमध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ४७९ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९२ हजार ४१९ जनाको मृत्यु भएक...
आज २०७७ फागुन १ गते शनिबारको राशिफल

आज २०७७ फागुन १ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कन्या मनलाई दरिलो...
४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प...
भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ३० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । विज्ञप्तीमा बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई काँग्रेसले दुःखद र गम्भीर रूपमा लिएको उल्लेख छ । काँग्रेसले अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग माग गरेको छ । विज्ञप्ति : अनुसन्धान तिब्र बनाउ । दोषी अविलम्ब पक्राउ गर । बलात्कार र हत्याका हरेक घटनाम...
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए । हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन् ...