Tuesday, May 26
Shadow

मुख्य समाचार

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्दो

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्दो

आर्थिक, मुख्य समाचार
रसुवा- नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा गाडी आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ वटा विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने गर्छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ । गएको वर्ष यही अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको थियो । ...
हज समितिका सदस्य मिर्जा राशिदको अगुवाईमा हजयात्री लाई प्रशिक्षण

हज समितिका सदस्य मिर्जा राशिदको अगुवाईमा हजयात्री लाई प्रशिक्षण

ब्यानर समाचार 2, मुख्य समाचार
  कपिलवस्तु , बैशाख ३१ जिल्लाभित्रका मुस्लिम हजयात्रीहरुलाई पहिलाे पटक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा पहिलाे पटक आयाेजना भएकाे थियाे । नेपाल हज समितिका नवनियुक्त सदस्य मिर्जा राशिद मिर्जा वेगकाे अगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गरेका हुन । साउदी अरबमा हजका क्रममा पुग्ने नेपाली हजयात्रीलाई खाने, बस्ने व्यवस्थापन गरिएको हज समितिका सदस्य राशिद मिर्जाले बताउनुभयो । इस्लाम धर्ममा हज जिवनभरिमा एक पटक गर्नै पर्ने कार्य अन्तरगत पर्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गलतीको क्षमायाचना गरे हज पुरा हुने ...
आजदेखि काठमाडौँका यी स्थानमा दैनिक ६ घण्टा विधुत् अवरुद्ध हुने

आजदेखि काठमाडौँका यी स्थानमा दैनिक ६ घण्टा विधुत् अवरुद्ध हुने

टिप्स, मुख्य समाचार, समाज
काठमाडौँ- काठमाडौँको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि झण्डै एक साता अवरुद्ध हुने भएको छ। आज (वैशाख २९) देखि आगामी सोमबार (वैशाख ३१) सम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। त्यसैगरी आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। प्राधिकरणले सूचना जारी गरेर यो जानकारी दिएको हो। स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। आजदेखि आगामी सोमबारसम्म काठमाडौँको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाउँ, असनटार, कंकाली, पहेँलो गुम्ब...
ट्राफिक प्रहरी कार्यालय तौलिहवा द्वारा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता

ट्राफिक प्रहरी कार्यालय तौलिहवा द्वारा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता

ब्यानर समाचार 2, मुख्य समाचार
-अजय मिश्र  कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ। ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिए। सदरमुकाम बजार क्षेत्र ६ लेन सड्क अवधारणा भई सकेकाले सबैलाई लेन पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत खड्काले बताए। सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसि...
नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न

नेविसंघको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न

मुख्य समाचार, राजनिती
काठमाडौं- नेविसंघ वाग्मती प्रदेश र तरुण दलको केन्द्रिय सदस्यहरु बिचको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंमा उक्त कार्यक्रमका भएको हो । नेपाली कांग्रेसका युवा नेता एवम् संघीय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा नेविसंघ र तरुण दलमा आवद्ध रहेकाहरुबिचमा वर्तवान परिवेशका बारेमा अन्तरक्रिया एवं छलफल गरिएको कार्यक्रम संयोजक पवन थापाले बताए । उनका अनुसार उक्त कार्यक्रममा नेविसंघ र दरुण दलमा आवद्ध रहेकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ प्रमुख अतिथि पौडेलले दिएका थिए । ...
काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

मुख्य समाचार, समाज
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । ...
तारकेश्वर नगरस्तरिय पशुपालन प्रथम वार्षिक साधारणसभा सम्पन्न

तारकेश्वर नगरस्तरिय पशुपालन प्रथम वार्षिक साधारणसभा सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिले प्रथम वार्षिक साधारणसभा तारकेश्वर नगरपालिका - ६ को सभा हलमा सम्पन्न भयाे । तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिले प्रथम वार्षिक साधारणसभा तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो । तारकेश्वर-२को अध्यक्ष राधाकृष्ण खड्गी, वडा १का वडा अध्यक्ष विदुर सापकोटा आतिथ्यमा र तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो। स्वागत मन्तव्य संस्थाका सदस्य निर्मला अधिकारीले गर्नुभएको थयाे भने कार्यक्रममा कृषककाे तर्फबाट माधव प्रसाद तिमल्सिना , महिलाको तर्फबाट कमला ढकाल,राष्ट्रिय कृषक समूह माहासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी ,तानपा पशुपालन समितिका सल्लाहकार बलराम धिताल ,पशुपंछि बिकासका शाखा प्रमुख धनपती राय यादव , वडा अध्यक्ष एवं नगर प्रबक्ता राधाकृष्ण...
२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति

२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति

मुख्य समाचार
काठमाडौँ- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरू पनि जलेर नष्ट भएका छन् । यी स्थानहरूमा भने आगो नियन्त्रणमा आइसकेको छ । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ । ६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आई नसकेको आचार्यले बताइन् । डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुङ्गा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भइरहेको उपसचिव आचार्यले बत...
बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

निर्वाचन विशेष, मुख्य समाचार, राजनिती
काठमाण्डाै– बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयाेगले जनाएकाे छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ । २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो...
इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै

मुख्य समाचार, राजनिती
इलाम- इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना गरिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ । यी दुई वडामा दुई हजार ८३९ मत खसेको थियो । कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।...