Monday, April 29
Shadow

सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल


  • -इ
  • इ+

१८ साउन,काठमाडौं
लक्ष्मण श्रेष्ठ
अविरल बर्षाका कारण मेलम्चीमा पटक पटक बाढी पहिरोका कारण धनजनको क्षति भईरहेको छ । शनिबार बेलुका फेरि बाढीका कारण थप ३२ घर बगाएको छ । हाम्रो भू बनोट र हामी जुन स्थानमा अवस्थित छौं, हाम्रो मुलुकको यो स्थानमा बाढी पहिरो आउनु स्वाभिक हो । यसबाट कसरी बच्न सकिन्छ र हाम्रा संरचनाहरुलाई कसरी सुरक्षित स्थानमा राख्ने भन्ने कुराको पहिचान गर्नु समस्याको समाधान हो भनि विपद् व्यवस्थापनका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् ।

पूर्व तयारी गर्नका लागि समय समयमा मौसम सम्बन्धि जानकारी लिनु आवश्यक रहेको र असुरक्षित रहेका बस्तीहरुलाई जोखिम पहिचान गरी व्यवस्थापन गर्नु र आगामी दिनहरुमा आउने बाढीको आँकलन गरेर यसको न्युनिकरण गर्न सकिने पोखरेलले बताएका छन् ।

यस अघि गत असार १ गते बाढीले ठूलो क्षति गरेको थियो । प्रहरीका अनुसार असार १ को बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय र मेलम्ची खानीपानी आयोजनामा काम गर्ने कामदार ५ ले ज्यान गुमाएका थिए भने २० जना वेपत्ता भएका छन् । उच्च सर्तकता र व्यवस्थापन नहुदा फेरि मेलम्ची बासीले सास्ती भोग्दै आएका छन् ।
सरकारको तर्फबाट बाढी पहिरो विपद् व्यवस्थापनमा खासै चासो नराखेको र खाली कुर्सिको मोहमा लागेको स्थानीयहरुले बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares