Thursday, April 25
Shadow

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला


  • -इ
  • इ+

काठमाण्डौँ, असार १७
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले आज (असार १७ गते, बिहीबार) देखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३ करोड ८९ लाख रुपैयाँको आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्कसन गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन पाउनेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares