Sunday, May 24
Shadow

मुख्य समाचार

राप्रपा चन्द्रागिरिमा युवा आर्कषण बढ्दो

राप्रपा चन्द्रागिरिमा युवा आर्कषण बढ्दो

मुख्य समाचार, राजनिती, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक १६ राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरमा युवाहरुको पार्टीमा आर्कषण बढ्दै गएको छ । सोमबार चन्द्रागिरि वडा नं १५ कमिटिले आयोजना गरेको शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा युवाहरुको उल्लेख्य उपस्थीति रहेको थियो । लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि अभियानबाट अभिप्ररित भई युवाहरु एक भई चन्द्रागिरिमा राप्रपालाई बल...
एमाले अधिवेशन : अध्यक्ष ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

एमाले अधिवेशन : अध्यक्ष ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक ५ नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ । विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ । ‘वडा अधिवेशनको भच्र्युअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक...
पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

आर्थिक, दुर्घटना, मुख्य समाचार, मौसम
५ कार्तिक,काठमाडौं बर्षाका कारण बारम्बार बाढी पहिरोका कारण धनजनको क्षति हुनेगरेको छ । यस्ता प्राकृति प्रकोप ले मानिसको दैनिक जीवनमा प्रतिकूल असर पररिहेको अवस्थामा सरकारको आस्वसनमै सिमित भएको अवस्था रहेको छ । प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम रहेकाले रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ुनेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।    ...
आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

जिवनसैली, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २६ आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नौ प्रकारका पल्लवहरू दशैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग हराउँछ भन्ने धार्मिक विश्वास छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।...
मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज २५ मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असोज २० गते मङ्गलवार देखी सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइन्छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटाइएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरूमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा ...
काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो

काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो

मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज २३ दशै, तिहार तथा छठ पर्व लगायतका चाडपर्वहरु नजिकिदै गर्दा रोजगारी अथवा अध्ययनको शिलसिलामा काठमाण्डौं आउनेहरु चाडपर्वमा आफ्नो परिवार सँग समय विताउन र रमाइलो गर्न आ आफ्नो घर तथा गाउँ जाने गर्दछन् । आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउने हर्ष र उल्लासले गाउँ जानेहरुको मात्रा नयाँ बसपार्क, पुरानो बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा विहानैदेखि यात्रुहरुको भिडभाड देखिएको छ । दशैमा राजधानीबाट आफ्नो गाउँ जाने कतिपय यात्रुले टिकट नपाउँदा अलपत्र परेको देखिएको छ भने कतिपयले महंगो भाडा तिरेर भएपनि गन्तब्यमा पुग्न बाध्य भएका छन् । दशैको अष्टमी सम्म राजधानी बाट बाहिर जानेहरुको चाप कायमै रहिरहने छ । विगतका बर्षहरु झै यस बर्षको चाडपर्व धुमधाम र भिडभाडका साथ मनाउन नसकिने अवस्था रहेको छ । कोभिड १९ अथवा कोरोना भाइरसका कारण जनस्वास्थ्य लाइ विशेष ख्याल राख्दै चाडपर्व मनाउनुपर्ने बाध्यत...
प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २० प्रभु लाइफ इन्स्योरेन्स लि ले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेल ले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गर्नु भएको हो । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीबन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज १५ सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।...
न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज १५ न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते, शुक्रबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।...
प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना

प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, असोज ११ नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमल्सिनाको चर्चा बढे पछि प्रतिस्पर्धीहरु चकित परेका छन् । पार्टी भित्र गुटको राजनिति अन्त्य गर्दै नेपाली कांग्रेसको मर्मलाई आत्मसाथ गर्दै पार्टी भित्र रहेको गुटको अन्त्य गर्नुपर्छ भन्ने मुख्य उद्देश्य तिमल्सिनाको रहेको छ । पार्टी भित्र पारदर्शी नेतृत्वको माग बढ्दै गएको अवस्थामा वडा नं १ का ३९ वर्षिय तिमल्सिना आफैँमा नयाँ जोस जागर र पारदर्शी भएकै कारण पनि नगर सभापतिमा उनको विशिष्ठ चर्चा रहेको छ । नेपाली कांग्रेस भित्र गुटगत राजनिति हाबि भईरहदाँ त्यसले पार्टी कमजोर बनाएको तिमल्सिनाको भनाई छ । पार्टी भित्रको गुटगत राजनितिका कारण सम्भावना भएका मान्छे सधै पछि पर्नु परेको भन्दै आफू कुनै गुटमा आवद्ध नभई नगर सभापतिमा उम्मेदवारी दिएको उनले बताए । उनले भने, म कुनै गुटको नेता कार्यकर्ता नभई पार्टीको कार्यकर्ता हुँ । यस कार...