मन्त्री यादवको पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटको माग
काठमाण्डौँ, माघ १२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको मन्त्री पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाललाई उक्त विज्ञप्ति हस्तान्तरण गर्दै उक्त माग राखेका हुन् ।
माघ ५ गते रौतहटको सदरमुकाम गौरमा आयोजित खुल्ला सभामा खुलेयाम ज्यान मार्ने देखि गौर काण्ड जस्तै घटना पुन दोहोर्याउने भन्ने धम्की आपत्तिजनक भएको भन्दै त्यस प्रति राष्ट्रिय यूवा संघ नुवाकोटको गम्भीर ध्यानाकर्षण रहेको नुवाकोट संयोजक प्रज्वल सापकोटाले बताए । देशको मन्त्री जस्तो जिम्मेवार पदमा रहेर जनाता सामु उक्त अभिव्यक्ति राख्नु आपत्ति जनक, अपराधिक र वर्वरतायुक्त भएकोले उनलाई तत्काल पदबाट बर्खास्त गर्नु पर्ने माग उक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै स्थानिय तहको निर्वाचनलाई लिएर देखिएको अन्योलता, देशमा बढ्दो म...









