Monday, May 25
Shadow

मुख्य समाचार

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १४ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा कायम गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९२ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०९ पैसा र बिक्री दर ०९ रुपैयाँ १३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपै...
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

मुख्य समाचार, समाचार
काठमाण्डौँ, असार १४ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदै छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस अवधिमा पर्ने आ...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज १४ असार बिहिवार, २९ जुन २०२३ । असार शुक्ल एकादशी,हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) / ईद उल /अधार चतुर्मास व्रत आरम्भ आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :  आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ । कर्कट ( ...
दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १३ ।  काब्य म्युजिक प्रा.लिको आयोजना हुन् गैरहेको दोश्रो काब्य म्युजिक अवार्ड २०८० को मनोनयन केहि दिन अगाडि सार्बजनिक भएको छ । आयोजकको अनुसार २०८९ सालबाट सुभारम्भ भएको यस अवार्डको दोश्रो संस्करण यहि आउँदो  असार २३ गते निकै भव्यताका साथ उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हल चाबहिलमा सम्पन्न हुने कुरा आयोजक कमिटीका कार्यक्रम ब्यबस्थापक शम्भु नेपालले जानकारी दिएका छन् । “गित संगीत र साहित्यको संगम,अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्डमध्ये छुट्टै इतिहास बोकेको र अरु भन्दा फरक हुनेछ कार्यक्रम ब्यबस्थापक नेपालको भनाइ छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नियमित आयोजना हुँदै आएको यस अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्...
काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं ,१३ असार । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् । https://www.facebook.com/balenOfficial/posts/828809565277967?ref=embed_post  ...
असार १४ देशभर सार्वजनिक बिदा

असार १४ देशभर सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं,असार १३ । सरकारले भोलि बिहीबार(असार १४ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले (हिजो) मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएकाको हो । ‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ । ...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, मुख्य समाचार, समाचार
११ असार, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको छ ।...
बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ

बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
११ असार, नुवाकोट (बाघखोर) । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम र सोही आधारमा ल्याएको बजेट कार्यान्वयनको लागि नवौं  नगरसभा बाट पारित भएको छ । नगरपालिकाको केन्द्र बाघखोरमा (आइतबार) भएको आयोजित नवौं नगरसभाको खुला समारोहमा नगर प्रमुख जगत बहादुर गुरुङले पेश गरेको निति तथा कार्यक्रमको आधारमा बन्द सत्रमा नगर उप प्रमुख शिव प्रसाद दाहालले पेश गरेको आगामी आ.व को लागि ८० करोड १४ लाख रुपैयाँको बजेट सभा सदस्यहरुबाट पारित भएको हो ।  नगरपालिका उप-प्रमुख दाहालले नवौं नगरसभामा ८० करोड १४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । बजेटमाथि छलफल र पारित गर्दै नगरसभाको नवौं अधिवेशन सकिएको छ । ...
गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं ,११ असार । लोक तथा दोहोरी गायक प्रकाश सपूत माथि युरोपमा भएको साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार भएको छ । कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपूतलाई बोत्तलले प्रहार गरिएको हो । उनी माथि बोत्तल प्रहार गरिएको भिडियो यतिबेला सामाजिक सन्जालामा भाईरल भएको छ । घटनाको केही बेर पछि सपूत फेरि स्टेज चढेर गीत गाए र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिए र मिल्छ भने शो पछि भेट्न पनि आग्रह गरे । सपुत एक नेपाली गायक, सङ्गीतकार, मोडल र अभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन् ।...
(जसपा)नेपालको विधान अधिवेशन आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदै

(जसपा)नेपालको विधान अधिवेशन आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदै

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,१० असार । जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, देशभरका भ्रातृ संगठन लगायतबाट तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।...