Friday, April 19
Shadow

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर १८
नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ ।

रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गराएको उनको भनाई छ ।

गाउपालिका बाट उपलब्ध गराईएको रकम सामुदायिक तर्फ बाट महेन्द्र महेशदेव माबि का प्रधानाध्यापक मदन श्रेष्ठ र संस्थागत तर्फ नथएस्टार इङ्गिलस बोर्डिङ स्कुलका प्रधानाध्यापक तोयानाथ पोखरेलले बुझेका थिए । चेक लिदै प्रधानाध्यापक श्रेष्ठले उक्त रकमले १ महिना मात्र पुग्ने भएकोले बाकी महिनामा पनि रकम उपलब्ध गराउन आग्रह गरेका छन् । साथै गाउपालिकाले दिएको रकम बिधार्थीको हक हितको लागी मात्र प्रयोग हुने प्रत्तिबद्धता ब्यक्त गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares