Monday, May 18
Shadow

मुख्य समाचार

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १० । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई/पहाडका केहि भू-भागमा हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको शुक्रबार बिहानको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार झण्डै २ डिग्रीले घटेको हो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।...
विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ?  यस्तो छ धार्मिक आस्था र महत्व

विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ? यस्तो छ धार्मिक आस्था र महत्व

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख...
आजको मौसमः कुन ठाउँमा कस्तो ?

आजको मौसमः कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
  काठमाडौं पुस १० । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ तथा तराईरपहाडका केहि भू(भागमा हुस्सुरकुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १० गते (शुक्रबार) दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ११ गते (शनिबार) दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १२ गते (आईतबार) दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, क...
संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ९ । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । नेपाली कांग्रेसले पनि आन्दोलनको घोषणा गरेको छ ।...
वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौती दिएका हुन । बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएका थिए ।पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए । सो जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिए ।...
उठ्दैछ धरहरा : २०औं तलाको पुनर्निर्माण सकियो

उठ्दैछ धरहरा : २०औं तलाको पुनर्निर्माण सकियो

मुख्य समाचार, समाचार, समाज
काठमाडौ , पुस ९ । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कूल २३ तला रहने पनि ज्ञवालीले बताए । यस्तै, धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ । जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरह...
राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्दै

राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्दै

मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
काठमाण्डौँ, पुष ९ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गने भएका छन् । शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताए । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउने छन् । लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम वि...
संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा

संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष ९ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलन आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले भनेका छन्, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’’ कांग्रेसले बुधबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १६ गते देश भर विरोध प्रर्दशन गर्ने निर्णय सार्वजनिक गरेका थिए । त्यसलगत्तै केन्द्रीय समितिमै नेताहरुबीच राष्...
नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

मुख्य समाचार, राजनिती
काठमाण्डौ, पुष ९ नेपाली कांग्रेसको अहिलेको पहिलो चासो नेकपाको औपचारिक बिभाजनमा धैरै रहेको छ । राजनितिक रुपमा नेकपाका दुई धार देखिएपनि कानुनी रुपमा बिभाजन भैसकेको छैन । त्यसैलै कांग्रेको पहिलो प्रतिक्षाको बिषय नेकपाको कानुनी बिभाजनसंग छ । लोकतन्त्र र संबिधानको रक्षा कांग्रसेले मात्र गर्न सक्ने कांग्रेस नेताहरुको दाबी रहेको छ । अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधी सभा बिघटन गर्ने कुरालाइ सदर गरिदिए ओलीकै नेतृत्वमा चुनाब निष्पक्ष हुन नसक्ने कुरा कांग्रेसको अडान रहेको छ । अहिले यो बेला चुनाब गर्न सके राजनितिक रुपमा लाभ हुने कांग्रेस नेताहरुको भनाई रहेको छ ।...
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस ९ । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा त्यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै त्यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले त्यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थि...