Friday, April 19
Shadow

चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुल्दै


  • -इ
  • इ+

काठमाण्डौ, पुस १० । बन्द रहेका देशभरका सिनेमा हल आज शुक्रबारबाट खुल्ने भएका छन्। कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका हुन् ।

व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।

प्रधानका अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुल्नेछन् । हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गर्ने तयारी छ ।

नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले बताए । सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने पनि हल संघका अध्यक्ष प्रधानले बताएका छन् ।चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल चैत ६ गतेदेखि एकसाथ बन्द गरिएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares