Thursday, May 21
Shadow

मुख्य समाचार

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस २१ । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छ...
नेपाली सेनामा खुल्यो २ सय ९४ जनाका लागि जागिर, (विज्ञापनसहित)

नेपाली सेनामा खुल्यो २ सय ९४ जनाका लागि जागिर, (विज्ञापनसहित)

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस २१ । नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ।मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो । सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ । हेर्नुहोस्, सूचना      ...
बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ । सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन् । बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको...
कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, पुस २१ । कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ। सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। गोली लागेर १ नेपाली घाईते भएको बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको उनले बताए। स्थानीयको भनाईमा भने भारतिय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका छन्।...
२५ दिनपछि कोरोना संक्रमणमुक्त भए  पूर्वकप्तान पारस खड्का

२५ दिनपछि कोरोना संक्रमणमुक्त भए पूर्वकप्तान पारस खड्का

खेलकुद, मुख्य समाचार
काठमाडौं, पुस२० । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।आफूलाई कोरोना निको भएको जानकारी दिँदै कप्तान खड्काले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमार्फत् स्टाटस लेख्दै उनले भने। यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी र सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको थियो। उनीहरू पनि अहिले संक्रमणमुक्त भइसकेका छन्।...
बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

आर्थिक, टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २० लामो समय पछि खुलेको सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द भएको छ । यातायात व्यवस्था विभागलले नौ महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुनस् बन्द गरेको हो । सोमबार विज्ञप्ति जारी गर्दै केही दिन सर्भर मर्मत गर्नका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । ...
गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।...
पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, पुष २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारत गएका छन् । पत्नी सीता दाहालको उपचार भारतको मुम्बइ गर्ने तयारी भएको छ । उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए । सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।...
हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , पुस २० । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ । यता वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् ।...
मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले गठन गर्‍यो निर्वाचन सुरक्षा समिति

मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले गठन गर्‍यो निर्वाचन सुरक्षा समिति

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २० । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् । समितिको सदस्य सचिवमा गृहकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेलाई तोकिएको छ । समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्न भनिएको छ । गृहमन्त्रीको उक्त निर्णयपछि सशस्त्र प्रहरी र र...