Thursday, May 21
Shadow

ब्यानर समाचार

विप्लवप्रतिको प्रतिबन्ध हट्दै, नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश !

विप्लवप्रतिको प्रतिबन्ध हट्दै, नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश !

ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाण्डौ, माघ २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको हो । ‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ ।  ...
नेकपा ओली समूहको आज काठमाडौँमा बृहत सभा’, दुई लाख मानिस सहभागी हुने

नेकपा ओली समूहको आज काठमाडौँमा बृहत सभा’, दुई लाख मानिस सहभागी हुने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुनेछ । नेकपा ओली समूहको बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताए । सभामा बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् ।मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन्। सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरि...
प्रचण्ड–नेपाल समूहको बन्द :  १८८ पक्राउ, ३३ सवारी तोडफोड

प्रचण्ड–नेपाल समूहको बन्द : १८८ पक्राउ, ३३ सवारी तोडफोड

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ , माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो । राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ । बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक...
भोली ओली समुहको काठमाडौंमा बृहत् जनसभा : आज युवाहरुले गरे मार्चपास, नारा लाग्यो केपी ओली आई लभ यू

भोली ओली समुहको काठमाडौंमा बृहत् जनसभा : आज युवाहरुले गरे मार्चपास, नारा लाग्यो केपी ओली आई लभ यू

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २२ । काठमाडौंमा भोलि ओली समुहले बृहत् जनसभा गर्ने भएको छ । यसको तयारी स्वरुप नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केपी शर्मा ओली पक्षका युवाहरुले आज काठमाडौँमा मार्चपास गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लबका युवाहरुले प्रदर्शनीमार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् । नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले २३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताए । भोलि (२३ गते) को जनसभामा तीन लाख जनता उतार्ने उनको दाबी छ । मार्चपासमा युवाहरुले केपी ओली आई लभ यू, केपी ओली जिन्दावादलगायत नारा लगाएका थिए ।...
दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो

दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आमहड्तालका क्रममा घाइते भएका नेता झा सहित पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । नेता झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्ज गर्दा झा सहितका नेता तथा कार्यकर्ता घाइते भएका थिए । घाइतेहरुलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालले उनीहरुलाई जनकपुरबाट काठमाडौं रिफर गरेको हो । अस्पतालले जनाए अनुसार नेता झाको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपच...
कोरोना विरुद्धको खोप अभियान :  बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने

कोरोना विरुद्धको खोप अभियान : बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २२ । पहिलो चरणबाट बचेको कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ”, उनले भने, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई...
आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड,  अष्टलक्ष्मी शाक्यसहितका ७७ नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, अष्टलक्ष्मी शाक्यसहितका ७७ नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २१ । नेकपाको प्रचण्ड-नेपाल समूह्ले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् । यसैबीच नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेता कार्यकर्ताहरु सडकमा आएका बेला पक्राउ परेका हुन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड९नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो। आमहड्तालप्रति प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालम...
नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन मुठभेड मुडमा

नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन मुठभेड मुडमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने भएको छ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल ¥याली आयोजना गरेको छ। नेकपाकै नेपाल–दाहाल समूहले बिहीबारका लागि आमहडताल घोषणा गरेको छ। आमहडताल सफल पार्न आह्वान गर्दै दाहाल–नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो। यसरी नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको छ। प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूह...
दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

दाहाल-नेपाल समूहको आमहड्ताल, बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २१ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल(नेपाल समूह आमहड्तालमा उत्रिएको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ । दाहाल(नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा ‘द...
गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमत हड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो। ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ। ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह ...