Friday, March 29
Shadow

आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, अष्टलक्ष्मी शाक्यसहितका ७७ नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा


  • -इ
  • इ+

काठमाडौँ , माघ २१ । नेकपाको प्रचण्ड-नेपाल समूह्ले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् ।

यसैबीच नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेता कार्यकर्ताहरु सडकमा आएका बेला पक्राउ परेका हुन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड९नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो।

आमहड्तालप्रति प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिंडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares