Saturday, April 20
Shadow

दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो


  • -इ
  • इ+

काठमाडौँ, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आमहड्तालका क्रममा घाइते भएका नेता झा सहित पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

नेता झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्ज गर्दा झा सहितका नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

घाइतेहरुलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालले उनीहरुलाई जनकपुरबाट काठमाडौं रिफर गरेको हो ।

अस्पतालले जनाए अनुसार नेता झाको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।काठमाडौँ ल्याइएका सबै घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरधामको शिवचोकमा भएको झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाई फायर गर्नुका साथै केही शेल अश्रुंग्यास प्रहार गरेको नेकपाका नेताहरुले जनाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares