Thursday, May 21
Shadow

ब्यानर समाचार

कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा १ लाख ४५ हजारले लगाए खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । कोरोनाविरुद्धको खोप अभियानको आठ दिनसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख ४५ हजार ८४४ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आठ दिनसम्म प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको ल...
अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २१ । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ । बुधबार न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक हप्ताभित्र अदालतमा आफैँ हुन आदेश दिएको हो । अधिवक्ता समिर हायूले प्रचण्डले विभिन्न सभाहरुमा सर्वोच्चले प्रतिनिधि सभा विघटन पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चले यसमा के कसो भएको हो रु माग बमोजिम अवहेलनामा कारबाही किन हुन नपर्ने हो रु म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्नुहोला भनि निर्देशन दिएको छ । यस अघि सर्वोच्चले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना तथा चार पूर्व प्र...
प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २१ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलका पक्षबीच दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद भए त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ। ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि तोकिएको छ। जसअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको...
विप्लवसँग अनौपचारिक वार्ता सुरुः नेता भेट्न मन्त्री नै पुगे कारागार

विप्लवसँग अनौपचारिक वार्ता सुरुः नेता भेट्न मन्त्री नै पुगे कारागार

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २१ । सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् । सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’ सँग करिब ३० मिनेट कुराकानी गरेका थिए । मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए । ‘उहाँ र म घनिष्ट मित्र हौँ, काठम...
महामारीमा वैदेशिक रोजगार :  ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा

महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्। कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा...
देशका विभिन्न स्थानमा  दुर्घटनाः १२ जनाको मृत्यु

देशका विभिन्न स्थानमा दुर्घटनाः १२ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ । नुवाकोटको विदुर नगरपालिका–१० मा दिनेश तामाङको बसले ठक्कर दिँदा आज बिहान मृत्यु भएको जनाउँदै प्रहरीले सोमबार साँझ झापाको शिवसताक्षी नगरपालिका–१ का राजकुमार लिम्बू र गौरादह नगरपालिका–४ का होमप्रसाद उप्रेतीको सवारी दुर्घटनामा ज्यान गएको बताएको छ । सर्लाहीको कौडेना गाउँपालिका–२ र मलङ्गवा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।...
कोरोनाविरुद्ध खोप अभियान :  सात दिनमा लगाए एक लाख २८ हजारले खोप

कोरोनाविरुद्ध खोप अभियान : सात दिनमा लगाए एक लाख २८ हजारले खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । कोरोनाविरुद्धको खोप अभियानको सातौं दिनसम्म देशभर एक लाख २८ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख २८ हजार ६५० जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सातौ दिनसम्म प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरक...
२० औं पटक आमरण अनसन बस्ने डा.केसीद्धारा घोषणा, सरकारलाई दिए यस्तो चेतावनी

२० औं पटक आमरण अनसन बस्ने डा.केसीद्धारा घोषणा, सरकारलाई दिए यस्तो चेतावनी

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’ डा। केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने दुईबुँदे माघ अघि सारेका छन् ।...
प्रचण्ड–माधव पक्षद्वारा नेकपाको आधिकारिकता दाबि

प्रचण्ड–माधव पक्षद्वारा नेकपाको आधिकारिकता दाबि

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २० । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । साथै अब सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई पक्ष मध्ये कुन पक्ष आधिकारिक हो भन्ने विषय एक कदम अगाडी बढेको छ । नेकपाको प्रचण्ड९नेपाल पक्षले आफु पक्षका २७५ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आफ्नो आधिकारिकता निर्वाचन आयोगमा दाबी गरेपछि अब नियम अनुसार यो प्रक्रिया अगाडी बढ्ने देखिएको छ । एक पक्षको दाबिपछि आयोगलाई राजनीतिक दलसम्बन्धि ऐन अनुसार नेकपाको आधिकारिकता टुंगाउन सजिलो हुने भएको हो । प्रचण्ड पक्षले आयोगले यस अघि मान्यता दिएका ४४१ मध्ये २७५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएपछि ...
म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ , माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै बाइडनले सेनाविरुद्ध कदम चालिने धम्की दिएका हुन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।...