Thursday, April 25
Shadow

भोली ओली समुहको काठमाडौंमा बृहत् जनसभा : आज युवाहरुले गरे मार्चपास, नारा लाग्यो केपी ओली आई लभ यू


  • -इ
  • इ+

काठमाडौं , माघ २२ । काठमाडौंमा भोलि ओली समुहले बृहत् जनसभा गर्ने भएको छ । यसको तयारी स्वरुप नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केपी शर्मा ओली पक्षका युवाहरुले आज काठमाडौँमा मार्चपास गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लबका युवाहरुले प्रदर्शनीमार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् । नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले २३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताए ।

भोलि (२३ गते) को जनसभामा तीन लाख जनता उतार्ने उनको दाबी छ । मार्चपासमा युवाहरुले केपी ओली आई लभ यू, केपी ओली जिन्दावादलगायत नारा लगाएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares