Thursday, May 21
Shadow

ब्यानर समाचार

भारत बस दुर्घटना (अपडेट) :  मृतकको संख्या ४२ पुग्यो, उद्धार कार्य अझै जारी

भारत बस दुर्घटना (अपडेट) : मृतकको संख्या ४२ पुग्यो, उद्धार कार्य अझै जारी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौँ, फागुन ४ । भारतको मध्य प्रदेशमा आज बिहान बस नहरमा खस्दा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । मध्य प्रदेशको सिधी जिल्लाको रामपुरस्थित ३० फिट गहिरो शर्दा नहरमा बस खसेको हो । हालसम्म नहरबाट ४२ जनाको शव निकालिएको बीबीसी हिन्दीले जनाएको छ । बसका यात्रुमध्ये ७ जनाको उद्धार गरिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाको परिवारलाई जनही दुई लाख भारु राहत दिने घोषणा गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन । जिल्ला प्रशासनले क्रेनको मद्दतले नहरमा डुबेको बस बाहिर निकालिएको जनाएको छ ।...
बैतडीमा काँग्रेस सभामा ओली पक्षको आक्रमण , नेता साउदसहित ६ कार्यकर्ता घाइते

बैतडीमा काँग्रेस सभामा ओली पक्षको आक्रमण , नेता साउदसहित ६ कार्यकर्ता घाइते

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४ । बैतडीमा नेपाली काँग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगामुढा गर्दा नेपाली काँग्रेस नेता एवं एनपी साउदसहित काँग्रेस कार्यकर्ता घाइते भएका छन् । सो सभामा काँग्रेस नेतृ डा। डिला संग्रौला र नैनसिंह महरलगायतको सहभागीता रहेको थियो । ढुंगामुडामा काँग्रेस नेता साउदलाई चोट लागेको छ ।...
आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने प्रधानमन्त्रीको दावी

आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने प्रधानमन्त्रीको दावी

आर्थिक, ब्यानर समाचार
काठमाडौं , फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् आफू निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् । उहाँले देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ । प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गरे । आगामी वर्ष आर्थिक वृद्धिलाई दोहोरो अंकमा पुर्‍याउने उनको भनाइ छ । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारक...
शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ४ । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो । शिक्षक हत्या आरोप...
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको विशेष पूजाआजा आराधना गरी देशभर मनाइँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको विशेष पूजाआजा आराधना गरी देशभर मनाइँदै

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ, फागुन ४ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, ...
ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड

ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने दाबी गरेका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबि गरेका हुन् । संसद विघटन चुनाव गर्नका लागि गरिएको कदम नै नभएको उनले बताए । उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्ने बताए ।अध्यक्ष प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्चर्‍याली र जमिन बाड्छौं भनेर मान्छे उतार्नुको कुनै तुक नभएको तर्क गरे । लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा उत्रिएको जिकिर गरे ।...
देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले बदमासी गर्न सक्ने बताएका छन् । भैरहवामा सोमबार काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेकपा विवादमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउदै सभापति देउवाले प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले निर्वाचनको तयारी नगरेको भन्दै आयोगमाथि आशंका बढेको बताए । उनले भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन रु अदालतको निर्णय पर्खने काम आयोगको होइन । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो । आयोगले बदमासी गर्न सक्छ भन्दै देउवाले निर्वाचन तालिका सार्बजनिक नगरेकोमा आपत्ति जनाए...
संसद विघटनको मुद्दा : भोलिबाट ‘एमिकम क्युरी’को बहस शुरु हुने

संसद विघटनको मुद्दा : भोलिबाट ‘एमिकम क्युरी’को बहस शुरु हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलवारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुने भएको छ । आज विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै भोलिबाट एमिकस क्युरीको बहस शुरु हुन लागेको हो । अदालतको सहयोगीका रुपमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका छन् । भोलिबाट एकिमस क्युरीले मुद्दाको पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । साथै एमिकस क्युरीको बहस सकिएपछि उक्त मुद्दाको फैसला आउनेछ । रिट निवेदक र सरकारी पक्षबाटको बहस सकिएसँगै दुवै पक्षको जबाफी बहस आइतवार र सोमवार भएको थियो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी स...
सरकारका तीन वर्ष पुरा : प्रधानमन्त्रीले आज ‘उपलब्धि’ सार्वजनिक गर्ने

सरकारका तीन वर्ष पुरा : प्रधानमन्त्रीले आज ‘उपलब्धि’ सार्वजनिक गर्ने

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । त्यसदिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । .सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको थापाले जानकारी दिएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व,उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो । प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने थापाको भनाइ छ । सरकारका तीनवर्...
संसद विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ३ । नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । संसद विघटनविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।...