Thursday, May 21
Shadow

ब्यानर समाचार

गुल्मीमा जिप दुर्घटना , तीन जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना , तीन जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागनु ५ । गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।...
भागरथीको हत्याका अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

भागरथीको हत्याका अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ५ । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ । मंगलबार पक्राउ परेका भट्टलाई बुधबार जिल्ला अदालत बैतडीले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए । बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्त भट्टलाई सार्वजनिक गरेको हो । भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् र उनकै छिमेकी रहेको खुलेको छ । उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको प्रहरीलाई बताएका छन् । घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो । ती युवक भागरथ...
काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसले १४औ महाधिवेशन आगामी भदौमा गर्ने भएको छ । आज बसेको केन्द्रीय समितीको बैठकमा भदौमा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । यस अघि तोकिएको फागुन ७ देखि १० सम्मम काठमाडौँमा गर्ने भनिएको महाधिवेशन हुननसकेपछि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन् । बुधबार अपराहन्न २ बजे बैठक बस्ने भनिएको भएपनि महाधिवेशनको नयाँ मितिका लागि शिर्ष नेताहरुको अनौपचारिक छलफल पछि साँझ ६ बजेपछि मात्र बैठक शुरु भएको थियो । नयाँ प्रस्तावमा भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ । साथै आजको बैठकले केन्द्रीय समितीको कार्यकाल ६ महिना थप समेत भएको छ । यस अघि चार बर्षे कार्यकाल सकिएपछि गतबर्ष सभापति देउवाले पार्टी विधान अनुसार एक बर्ष कार्यकाल थपेका थिए । यस पटक ६ महिनाको कार्यकाल भने संबिधानमा रहेको व्यवस्था अनुसार थप हुदै छ । ...
पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ५ उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनको भनाइ छ । उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउ...
भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, फागुन ५ प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुप...
कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ५ । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ३ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ८९२ जनाको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ९२ हजार २६६ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ८८ लाख २२ हजार ९६० जनामा कोरोना संक्रमण भइसकेको छ ।...
प्रतिनिधिसभा विघटन मुद्दाः  एमिकस क्युरीले राय दिने क्रम आजपनि जारी रहने

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरीले राय दिने क्रम आजपनि जारी रहने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ५ । प्रतिनिधिसभा विघटनविरुद्धकच मुद्दामा मंगलबारदेखि अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी९एमिकस क्युरीबाट राय लिन काम मंगलबारबाट शुरु भएको छ । पाँच जना एमिकस क्युरीमध्येबाट पहिलो राय प्रस्तुत पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गरेका छन् । उनले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई समेटेर मध्यमार्गी धारबाट राय प्रस्तुत गरेका छन् । नेपालको संविधानमा स्पष्टरूपमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय दिए । संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छ, संविधानको धारा ६७ ९७० को साइलेन्स बसेको छु, उनले थपे, संविधानको धारा ७६ ९१० ले विघटन गर्न पाउने अधिकार छ ।उनले विघटनको अधिकार कार्यकारी प्रमुखसँग हुने तर्क राख्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गर्न पाउने स्पष्ट व...
भागरथी हत्या प्रकरणः अभियुक्तको बयान-घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरे

भागरथी हत्या प्रकरणः अभियुक्तको बयान-घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरे

ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं, फागुन ५ । १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्। भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ। यसैबीच घटनाको १३औँ दिनमा पक्राउ परेका ती व्यक्तिलाई आजै प...
नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी

नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ४ । नेपाली काँग्रेसले बैतडी घटनाको निन्दा गरेको छ ।बैतडीको डिलासैनीमा भएको काँग्रेसको विरोध सभामा नेकपाको ओली पक्षले आक्रमण गरेर काँग्रेसका नेता एनपी साउदसहित कैयौं कार्यकर्ता घाइते भएका थिए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताले नियोजित रुपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन् । काँग्रेसले सत्ताको उन्माद नदेखाउन चेतावनी दिदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ । काँग्रेसको विज्ञप्ति स: डिलासैनी घटना निन्दनीय । सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी । बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के।पी। शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ । नेपाली कांग्रेसका केन्...
भागरथी हत्या प्रकरण :  भारत जान लागेका शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ

भागरथी हत्या प्रकरण : भारत जान लागेका शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४ । बैतडीको दोगडाकेदार–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानमा प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाकै एक जनालाई भारत छिर्न लागेको अवस्थामा महेन्द्रनगरबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ गरिएका उनी सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथीको हत्या भएको केही दिनपछि उनी बिदा लिएर महेन्द्रनगर आएका थिए । प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो । तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो । यद्यपि अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले...