Tuesday, May 7
Shadow

संसद विघटनको मुद्दा : भोलिबाट ‘एमिकम क्युरी’को बहस शुरु हुने


  • -इ
  • इ+

काठमाडौं , फागुन ३ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलवारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुने भएको छ ।

आज विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै भोलिबाट एमिकस क्युरीको बहस शुरु हुन लागेको हो ।

अदालतको सहयोगीका रुपमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका छन् ।

भोलिबाट एकिमस क्युरीले मुद्दाको पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । साथै एमिकस क्युरीको बहस सकिएपछि उक्त मुद्दाको फैसला आउनेछ ।

रिट निवेदक र सरकारी पक्षबाटको बहस सकिएसँगै दुवै पक्षको जबाफी बहस आइतवार र सोमवार भएको थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस अनुमोदन गरी निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसको विरुद्द सर्वोच्चमा १३ वटा रिट निवेदनहरु परेको थियो । त्यसको माघ ४ गतेबाट निरन्तर बहस भइरहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares