Thursday, May 21
Shadow

ब्यानर समाचार

भागरथीको हत्या भएको गाउँमा यसअघि पनि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

भागरथीको हत्या भएको गाउँमा यसअघि पनि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । बैतडीको दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ । ‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरेको भए भागरथीको बलात्कापछि हत्या घटना हुँदैन थियो कि’,’ स्थानीयले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’ अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्दा भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए । डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भ...
ओली सरकारको तीन बर्ष :  घमण्ड र सत्ता लोभले ऐतिहासिक अवसर गुम्यो !

ओली सरकारको तीन बर्ष : घमण्ड र सत्ता लोभले ऐतिहासिक अवसर गुम्यो !

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाण्डौ , फागुन ३। स्थायित्व, सुशासन र समृद्धिको शपथ लिएर केपी ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । तर, आफैँ प्रतिनिधिसभा भंग गरेर सरकार कामचलाउ भएको दुई महिना भइसकेको छ । सुशासन र समृद्धिमा ठूला घोषणा र फितलो कार्यान्वयन गरेको सरकारले स्थायित्वलाई आँफै ध्वंस गरेको छ । तत्कालीन वाम गठबन्धनले असाधारण बहुमत ल्याएपछि जागेको आकांक्षा सम्बोधन गर्न प्रधानमन्त्री ओलीले सामाजिक न्याय, रोजगारी र समृद्धिका अनेक योजना सार्वजनिक गरेका थिए । हिमाल वारिपारि रेल र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका घोषणासमेत गरेका ओलीले पूर्वाधारमा संवेदनशीलता देखाउन सकेनन्, सुशासन र स्थायित्वको जिम्मेवारी पाएका ओलीले आफूले पाएको ऐतिहासिक बहुमत अपर्याप्त भएको भन्दै प्रतिनिधिसभा विघटन गरिदिएका छन् । ओलीबाट भविष्य रचनाको आशा बोकेको समाज अहिले उनले गरेको ध्वंसबाट देश जोगाउन सर्वोच्च अद...
रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग

रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २ । नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ ।चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात ठप्प भएको छ । कोरोना कहरले एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको छ । रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएकाले दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प भएको छ । उनले चिनियाँ भन्सार अधिकारीसँग कुराकानी भएको बताउँदै आयात सुचारु गराउन अझै १० दिन लाग्ने बताए । कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । तत्काल नाका खोल्न माग यसैबीच नेपाली कांग्रेसले तत्काल सीमा खुलाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आ...
दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २ । नेकपा दाहाल–नेपाल समूहले आइतबार चौथो चरणको आन्दोलन र संघर्षका कार्यक्रमहरुको घोषणा गरेको छ । समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने आइतबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले जानकारी दिए । यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ ।...
लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती

लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । फागुन २ । काठमाडौंको सितापाइलास्थित एक्मी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले लगाएको ताला प्रशासनले फोरेको छ । तालाफोरेपछि अहिले त्यहाँको स्थिति तनावमय बनेको छ । अनलाइन कक्षाको ३० प्रतिशत मिनाहा गर्नुपर्ने माग राख्दै अनेरास्ववियूले एक साताअघि उक्त कलेजमा तालाबन्दी गरेको थियो । विद्यार्थीसँग परामर्श नगरी प्रहरी लगाएर कलेज व्यवस्थापनले ताला फोरेपछि विद्यार्थी आक्रोसित भएका हुन् । आक्रोसित विद्यार्थीले आइतबार बिहान कलेजमा प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा कलेजका झ्यालका सिसा समेत तोडफोड भएको छ । यता विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कलेजबाट प्रकाश श्रेष्ठ, हिक्मत मल्ल, बिनोद दाहाल, जिबस खनाल, आशिष् जैसवाल , हिलेन अधिकारी ,बिमल शाही पक्राउ परेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिए । कलेज व्यवस्थापनले विद्यार्थीसँग छलफल गरेर निकास न...
काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, कति हुन्छ आपूर्ति ?

काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, कति हुन्छ आपूर्ति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन १ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी २४सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीहरुको स्वीकारोक्ति छ । वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त्रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिए । “पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको...
विष्णु पौडेल भन्छन् – बैशाखको निर्वाचन कुनै पनि हालतमा रोकिंदैन

विष्णु पौडेल भन्छन् – बैशाखको निर्वाचन कुनै पनि हालतमा रोकिंदैन

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १ । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैशाखका लागि तोेकिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आज ९शनिबार० बुटवलमा आयोजना गरेको जनसभामा महासचिव पौडेलले निर्वाचन बैशाख १७ र २७ गते नै हुने ठोकुवा गरे । ‘मानिसहरुमा चुनाव हुँदैन कि भन्ने भ्रम छ,’ उनले भने, ‘बैशाखको १७ गते चुनाव हुन्छ, बैशाखको २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै ताकतले यो चुनावलाई रोक्न सक्दैन ।’ जनसभामा उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे । महासचिव पौडेलले पार्टीबाट केही स्वार्थी तत्वहरु किनारा लाग्दैमा पार्टीमा खासै फरक नपर्ने बताएका छन् । उनले पार्टीले निर्वाचनबाट बहुमत प्राप्त गर्ने र पुनः एक कार्यकाल केपी ओलीले सरकार...
निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन : प्रधानमन्त्री ओली

निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् ।बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आत्तिएको, डराएको समेत बताए । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए । प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए । उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । साथै उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुको न्यायका लागि सरकार कटिबद्ध लागिपरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली भने ‘नि...
ओली समुहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओली समुहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १ । लुम्बिनी प्रदेशको बुटवलमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुनेछ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकालिने छ । त...
सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

ब्यानर समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, फागुन १ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो । निर्देशिकाको मस्यौदासमेत तयार भएको छ । सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको जनाएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिनै फेसबुक, युट्युब अनलाइनजस्ता माध्यमबाट सार्वजनिक गर्ने क्रम रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी भएको बताए । संसद् विघटनसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारको कामको आलोचना भइरहेको अवस्थामा निर्देशिका ल्याउन लागिएको हो । निर्देशिका ल्याउने तयारीसँगै ...