Thursday, May 21
Shadow

ब्यानर समाचार

आज प्रजातन्त्र दिवस! विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा

आज प्रजातन्त्र दिवस! विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ७ । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । विसं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । तर, राणा शासनको अन्त्य भएर प्रजातन्त्र दिवस मनाइए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन । अहिले पनि हाम्रो समाजमा पछौटेपन, थिचोमिचो, विभेद, भेदभाव र कतिपय ठाउँम...
बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ७ । आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ । उनका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्कि...
५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६ । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुमध्ये मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो । सरकारले गरेको निर्णय अनुसार बाँकी सजाय मिनाहा पाएकाहरुमध्ये एक सय ७९ जना हत्यालगायतका कसुरमा जन्मकैद सजाय पाएका कैदीहरु हुन्। उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेछन्। मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ। राष्ट्रपतिबाट कैद मिनाहा र आममाफी गरिएपछि उनीहरु कैदमुक्त हुनेछन्।...
प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध

प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । आफ्नो चौथो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड(नेपाल पक्षले आज मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय गरेको थियो । संसद विघटन खारेज गर लगायत महिला हिँसा, महंगीलाई जोडेर बनाइएका नाराको प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । मानव साङलोका लागि प्रचण्ड(नेपाल पक्षका केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी भएका थिए । प्रचण्ड-नेपाल पक्षले शुक्रबार देशभरका सबै स्थानीय तहका वडा स्तरमा विरोध कार्यक्रम गर्दै छ ।...
प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको राय दिनेक्रम जारी, आज कसले के भने ?

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको राय दिनेक्रम जारी, आज कसले के भने ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ६ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिनेक्रम जारी छ । राय दिनक्रममा आज वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नेपालको संविधानमा नभएको बताए । “संविधानमा विघटन गर्ने व्यवस्थाका विषयमा काहीँ पनि लेखिएको छैन, संसद्ले प्रधानमन्त्रीलाई सहयोग नगरेको अवस्था पनि होइन ।” पार्टीभित्रको आन्तारिक विवादलाई लिएर विघटन गर्दा अन्य दललाई समेत अप्ठ्यारो परेको तर्क राख्दै उनले थपे, “पार्टीभित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्दा अन्य दलसमेत दण्डित भएका छ्रन ।” वरिष्ठ अविधक्ता विजयकान्त मैनालीले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको राय प्रस्तुत गरे । “नेपालको संविधानको धारा ७६ को उपधारा ७ ले प्रतिनिधिसभा विघटनको अधिकार छ”, उनले भने, “स...
सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए । मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए । वरिष्ठ नेता रामचन्...
अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाकाे प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च जान लाग्नु भएको छ । प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्द...
आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ६ । नेकपा प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले आज दिउँसो ४ बजेदेखि एक घन्टा मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको हो । पूर्वनिर्धारित विरोधको कार्यक्रम अन्तर्गत नै दिउँसो प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा १० हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुनेछन् । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा प...
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए । सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिवि...
नेकपा विवाद :  निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

नेकपा विवाद : निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ । आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको छ । अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष जरी पनि आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिन्ह प्रयोग गर्न नदिने आयोगको सोच हो...