Thursday, May 21
Shadow

ब्यानर समाचार

सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली

सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा हुँदै गर्दा आफ्नो पक्षमा जनधार हुँदाहुँदै पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको जिकिर गरेका छन् । आज बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनाधार हुँदाहुँदै पनि परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताए । “जनताको जनादेश मेरो पक्ष थियो सर्वोच्चको परमादेश शेरबहादुर जीकोमा गयो । त्यसकारण सरकारको परमादेशको कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।” प्रधानमन्त्री ओलीले भने । त्यस्तै आफूले देश र जनताको लागि निष्ठा र इमाान्दारिताका साथ काम गरेको गरेको भन्दै आफूलाई पदबाट बाहिरिनु परेको बताए । उनले भने- “सरकारबाट बाहिरिनु परेको विषयमा मलाई रत्तिपनि चिन्ता छैन । यसकारण पनि चिन्ता छैन कि मैले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमान्दारिताका साथ काम ग...
बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको छ । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गर्नु भएको छ । यस्तै, ओलीले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक पनि बोलाउनु भएको छ । सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् ...
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असार २७ स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो। यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ। कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो। ...
काठमाडौं उपत्यकामा दुई महीनापछि चल्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा दुई महीनापछि चल्न थाले सार्वजनिक बस

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असार १५ काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए । उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन । काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर-बिजोर प्रणाली अनुसार नै सञ...
डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मौसम, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असार २ मनसुन सक्रिय भए संगै निरन्तर रुपमा परिरहेको वर्षाको कारण देशका अधिकाशं स्थानमा बाढी पहिरो जानुको साथै डुबानमा रहेको छ । हरेक वर्ष जसो यस वर्ष पनि सिन्धुपाल्चोकमा त्यसको ठूलो असर परेको छ । असार १ गते मेलम्ची नदिमा आएको बाढी बजार क्षेत्र डुबानमा परेको छ । कयौँ घर डुबानमा छन्, बक्कि पुलहरु बगाउनुको साथै केहि संख्यामा मानिसहरु समेत बेपत्ता भएका छन् । हेर्नुहोस् यी दृश्यहरु जुन मेलम्ची नगरपालिका वडा नं ११ बाट बुधबार दिउँसो लिगिएको हो । फोटो : बासु बस्नेत ...
बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
नुवाकोट, असार १ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमै अस्पतालमा...
कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ ३१ नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ । आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ । सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकर...
यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २७ यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले जिल्लाको स्थानिय तहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिवार ट्रस्टले किस्पाङ , म्यगङ र तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा आज उक्त स्थानिय तहका प्रमुख उप प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको छ । बुधवार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो । सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्...
नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २४ वडावासि स्वास्थ्यलाई ख्याल गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क औषधि र एम्बुलेन्स सेवा सुरु गरेको छ । दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै वडा कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा ८८ वटा वडा रहेको छ । जस मध्ये विदुर नगरपालिकाको वडा नं ५ ले उक्त सेवा जिल्लामा नै पहिलो पटक सुरु गरेको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको सक्रियतामा वडा सदस्य र वडा कार्यालयमा कार्यरत कर्मचारीको आर्थिक सहयोगमा उक्त सेवा सुचारु गरिएको हो । आज सोमवार वडावासि राजेन्द्र नेपाली र रामशरण नेपाली लाई आवश्यक औषधि हस्तान्तरण गरेर सो सेवाको सुरुवात गरिएको छ । निशुल्क औषधि र एम्बुलेन्स सेवाका लागि जनप्रतिनिधि र कर्मचारीले एक महिनाको पारिश्रमिक हस्तान्तरण गरेका छन् । वड...
कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला

कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला

ब्यानर समाचार, राजनिती, समाचार
राजेन्द्र गजुरेल/नुवाकोट, जेठ २४ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसले त्रसित नेपाली भाईरस भन्दा पनि देशको वर्तवान राजनितिले आत्तिएका छन् । सत्ता टिकाउने खेलमा गरिएको आत्मघाति निर्णयहरुले नेपाली जनता आजित भएका छन् । राष्ट्रिय स्वाभिमान नै गुम्ने खतराले त्रसित छन् नेपाली जनता । वर्तवान सरकार टिकाउनकै लागि हिजोका दिनमा नेपालको संविधान जलाउने देखि कयौँ राष्ट्रघाति काम गरेका व्यक्तिलाई सरकारको उप प्रधानमन्त्री बनाईएको छ । नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको आफ्नै अभिव्यक्तिका कारण नियुक्ति भएको २४ घण्टा भित्र देश भर चर्को विरोध संगै पुत्ला दहन समेत भयो । राष्ट्रप्रेमि नेपालीले कोरोना महामारीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी, नेपाली हामि रहौला कहाँ नेपालै नरहे भन्ने भावनाका साथ विरोधको मैदानमा उत्रिएका छन् । मन्त्री राजेन्द्र महतोले...