Sunday, May 5
Shadow

बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने


  • -इ
  • इ+

काठमाणडौँ, असार २९
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको छ । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गर्नु भएको छ । यस्तै, ओलीले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक पनि बोलाउनु भएको छ ।

सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नु भएको छ । त्यसका लागि अहिले कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठबन्धनमा आबद्ध दलहरु आन्तरिक छलफलमा छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares