Thursday, May 21
Shadow

ब्यानर समाचार

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज ४ बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए । यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकार समक्ष पेस गरेको थियो ।...
संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, असोज ३ संविधान दिवसको दिन संयुक्त जनआन्दोलन मोर्चाले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा उनीहरूले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए । संवैधानिक राजसंस्था स्थापना, वैदिक सनातन हिन्दू अधिराज्य कायम, संस्थागत भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रर्दशन गरेका हुन् ।...
बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने

बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ३० बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गर्ने भएका छन् । स्थानिय युवा क्लवहरुले एक सुचना प्रकाशित गर्दै असोज २ गते आन्दोलन गर्ने जनाएका छन् । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १,२ र ३ को साथै धादिङको धुनिवेशि नगरपालिकाको वडा नं १ सिसडोलको फोहोरले प्रभावित भईरहेका छन् । लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यान्वयन नभएको भन्दै स्थानिय ककनी प्रगतिशिल युवा क्लव, जनजागरण युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लवले संयुक्त रुपमा बन्चरे डाँडामा आन्दोलन गर्ने भएका छन् । बन्चरे डाँडामा फोहोर सदाकालको लागि बन्द गर्नलाई प्रभावित क्षेत्रका सम्पूर्ण स्थानियलाई उपस्थीत हुन आयोजक क्लवहरुले सुचना मार्फत अनुरोध गरेका छन् ।  ...
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोट शाखा गठन

ब्यानर समाचार, समाचार, स्थानिय तह
नुवाकोट,भाद्र २६ फोटो पत्रकारितामा आवद्धहरुको भेलाले राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोट गठन गरेको छ । विदुरमा सम्पन्न समूहको प्रथम भेलाले आगामी तीन वर्षे कार्यकालका लागि प्रकाश सिलवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्यलाई चयन गरेको छ । सदस्यहरुमा सन्जय भट्ट, उषा रेग्मी र सन्नी श्रेष्ठ चुनिएका छन् ।   भेलाको उद्घाटन समूहका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारले उद्घाटन गरे । उनले पत्रकारिताको सौन्दर्य फोटो भएका कारण यस...
नारी भित्रको संरचना

नारी भित्रको संरचना

ब्यानर समाचार, विचार, समाज, सम्पादकीय
मैले आमा भने देखि नजिकबाट महसुस गरेको पात्र नारी कुनै जात होइन । बा ले वारवार यी नारीको जात भनेर भन्दै गर्दा मलाइ नारी के हो भन्ने नै थाहा थिएन । एउटा छुट्टै प्रकृति, आकार,बानी अनि संरचनालाइ नारी भनिन्छ जस्तो मेरो बाल मस्तिष्कमा कोरि रहने चित्र हो नारी । मैले धेरै चोटि आफ्नु मस्तिष्कलाइ जोड दिँदै चित्रलाइ कोर्ने जमर्को गरेकै हो, तर मेरा भर्खर दुधे बालक मस्तिष्कमा आकृती बन्न नसकेकि नारी बाहिर कुनै फरक संरचना नभए पनि भित्री संरचना फरक रहेछ । मैले आमा भने देखि प्रीयसी सम्म भनेर सम्बोधन गरेको पात्र नारी, त्यो एउटा फगत संरचना मात्र नभएर त्यो महसुस हो रहेछ । समाजले सदैव कमजोर अनि हेलाँको बिचमा राख्न रुचाउने नारी पात्र भित्र ममता रुपि संरचना छ । पुरुष भित्रको अहम्तामा नारी पात्र एउटा कथाको पात्र मात्र हुन। हामी पुरुष प्रधान समाजमा छौँ । मैले पहिलो संगत गरेको पुरुष जातिमा मेरा बा,बा भित्र छुट्ट...
डोरमणि पौडेलले दिए संसदीय दलको नेताबाट राजीनामा

डोरमणि पौडेलले दिए संसदीय दलको नेताबाट राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, भाद्र २ बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सांसद अरुण नेपालले जानकारी दिए । ‘मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर आफैँले अष्टलक्ष्मी कमरेडलाई प्रस्ताव गर्नुभएको ब्यहोरा दलको बैठकमा प्रस्तुत गर्नुभयो र त्यो पनि पास भइसकेको छ ।’ नेपालले भने । उनका अनुसार शाक्यलाई आजै साँझ वा भोलि बिहानसम्म मुख्यमन्त्री बनाउनेगरी तयारी अघि बढाइएको छ ।...
एमाले फूट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी

एमाले फूट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २ अन्तत: नेकपा एमाले विभाजित भएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, साउन २७ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी ९सचिव० सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ । ​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्...
देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

टिप्स, ब्यानर समाचार, समाचार, स्वास्थ्य
२१ साउन,काठमाडौँ । लक्ष्मण श्रेष्ठ स्वास्थ्य सेवा विभागले साउन २२ गते देखि देशभर कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । उक्त कार्यक्रम संचालन गर्न १९ गते विभागले परिपत्र गरेको थियो । विभागले पत्रद्धारा सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई यसबारे निर्देशन गरेको हो । विभागका महानिर्देशक डा.दिपेन्द्र सिंहले परिपत्रमा भेरोसेलको पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुका लागि दोस्रो डोजको खोप लगाउने निर्णय गरेको हो । खोप लगाउन बाँकि रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाईटमा अग्रिम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूह भित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ । खोप कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न तथा विशेष गरि जुन उमेर समूहले खोप पाउन पर्ने हो त्यो समूहलाई प्राथमिकता...
भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा

भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा

अपराध, ब्यानर समाचार, राजनिती, समाचार
१९ साउन,काठमाण्डौंं । लक्ष्मण श्रेष्ठ नेपालको महाकाली नदीमा भारतीय एसएसबीले तुईन काट्दा एक जना नेपालीको नदीमा खसेर मृत्यु भएको थियो । उक्त घटनालाई लिएर बिपक्ष विभिन्न राजनितिक दल तथा भातृ संगठनहरुले भारतिय ज्यादति बिरुद्ध सडकमा उर्लिएका छन् । भारतियहरुले दिन प्रतिदिन नेपालीहरु माथि यस्ता अनैतिक क्रिर्याकलापहरु गर्दै आएका छन् । “नेपाली नागरिकका लागि यो सरकार सक्षम छैन भने तुरुन्तै राजिनामा दे” भन्दै प्रमुख प्रतिपक्ष दल ने.क.पा एमाले तथा भातृ संगठन युवा संघले नारा लगाएका थिए । उक्त कार्यक्रमलाई युवा संघका नेता तथा उपाध्यक्ष अमित लामाले सम्बोधन गरेका थिए। कुटनितिक तबरले वार्ता गर्दै छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन सरकारलाई दवाब दिएका छन् । के.पी ओली नेतृत्वको ने.क.पा एमाले सरकारमा हुदाँ कसैले आखाँ उठाएर हेर्न सकेको थिएन जब सर्वोच्चको परमादेशबाट शेरबहार देउवा सरकारमा आएदेखि भारत...