Thursday, May 21
Shadow

ब्यानर समाचार

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

ब्यानर समाचार, राजनिती
काठमाडौं-  काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान चौथो पटक चुनाव लड्ने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो । आफ्नो क्षेत्रका जनता संग नियमित प्रत्यक्ष भेटघाट, सुख दु:खका सारथि, सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहिरहे । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ । जय नेपाल शब्दलाई पार्टी भित्र...
भ्रमबाट मुक्त बनौ ! किन, कहिले र कसरी सहयोग गर्छ चाइनाले ?

भ्रमबाट मुक्त बनौ ! किन, कहिले र कसरी सहयोग गर्छ चाइनाले ?

ब्यानर समाचार, विचार
अम्बरिस पोखरेल- अझ चैनाले (चाइना) नेपाललाई सहयोग गर्छ रे ? कहिले र कसरी गर्छ सहयोग ? १. आफ्नै देशको अभिन्न भूमिलाई, (एउटा सानो टापु ताइवान) मूख्य भुमिसंग जोड्न नसक्ने चिनियाँले, बहु ध्रुवीय विश्वको नेतृत्व गर्दै छ, भनेर नेपालका ठूला ठूला विद्वानहरु दैनिक लेख, रचना र भाषण गर्दै हुनुहुन्छ! अचम्म लाग्छ । २. आज भोलि त्यो मुख्य भूमिको चिनियाँ सेना, यो गर्मीमा ताइवान टापुको ओरीपरी पौडी खेल्दै छन । गर्मीमा पौडी खेल्ने सही समय हो। ३. अनि वाख्खै वाख्खाई खेल्दै छन, आफ्नै देशका चिनियाँ नेता बेइजिङ तीर पनि । यो भन्दा बढी गर्ने गराउने हिम्मत उनीहरूमा थिएन र छैन पनि । भविष्य अन्योल छ। अझै निश्चित छैन उनीहरूको । ४. जुन दिन मल्टी एटोमिक वारहेड मिसायल, जुन आवाज भन्दा पनि कयौ गुणा बढी गतिको अमेरिका तिर तयार हुन्छ, त्यसको केही मिनट महिना वा वर्ष भित्रमा चैनाको पौडि खेल र नेताको वाख्खई...
निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । आयोग स्रोतका अनुसार उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेख...
पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

आर्थिक, ब्यानर समाचार
काठमाडौं- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले न्युज कारखानासँग भने । रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु ...
अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

ब्यानर समाचार, राजनिती, विचार
चीनसँग निहुखोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अब यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ । अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। चीनसँग निहुखोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्र्रका रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रामा हाल्न खोजेको छ । चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्र्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगभग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द...
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ । दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूच...
दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी नेपाल बिश्वले राजतन्त्रात्मक देश भनेर मानचित्रमा अङ्कित देश हाे र थियाे। कसले ल्यायाे गणतन्त्र ! याे जटिल प्रस्नकाे जबाफ सहज छैन । कमजाेर राजा, बिलासी र शत्ताभाेगी महारानी हरुकाे दरबारिया चलखेल शत्ता प्रप्तिका लागिमात्र नभएर भारदार मुख्तियारीहरुसङ्गकाे सहबासका लागि शक्ति सञ्चयका कारणले राणा शासन स्थपित भएकाे ईतिहास लेख्न नेपालका ईतिहासकारकाे हात कामेर हाे या ईतिहास बलियाकाे हतियार भन्ने भनाइ काे कारण हाे याे पठकले छुट्यउने बिषय हाे। सत्यकुरा के हाे भने राणाशासनले नै नेपालकाे राजतन्त्र खाई सकेकाे हाे । राणाकाे पतन पछि राणाले राजालाई खाेपामा राखेर राजगरेकाे भनेर लेखिएकाे ईतिहास त कुनै राजशाही वा समर्थकबाट खण्डन भएन ।१०४ बर्ष राणा शासनै चलेकाे हाे पृथ्बीनारायणका शाहका सन्तान खानकी खाएर बसेकाे तथ्यले राजा हटेका भनिएन यसमा राणाहरुकाे डर थियाे ।२००७ सालकाे प्रजातन्त्र बहाली...
व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी अहिले सडकमा सुनिन्छ , श्री ५ को बहाली हुनुपर्छ भन्ने धेरै गुणगान सुनिन्छ । शाही कालका यातना भोग्ने ठुलो हिस्सा परमधाम पुगिसके । बाकि रहेकालाई पनि तत्कालिन सासकले दमन गरेको बिषय जानकार पाउने अबस्था थिएन । कतिले बिगत बिर्सेपनि हालत अहिलेको सन्दर्भमा राजाको गाना नगाउनु राम्रो होला । महाराजको पालामा बजेट कमै खान्थे । मण्डले सत्तापक्षलाई मनपरि गराएरै पन्चायत जोगाएको हो। कति पन्चायत बिरोधी मारिए त्यसको लेखाजोखा छैन । कति मुर्ति बिदेशिए स्वयंम श्री ५ हरु स्मलिङमा भिडेको खबर आएको आजका नव युवकले सुन्न पाएका थिएनन। नमिता सुमिता काण्ड सत्ताधारीले हटाएकाले अहिले सम्म अत्तोपत्तो भएन । बोइङ काण्ड घटाएर आरएनएसी डुबाउने काण्ड महाराजकै पालामा सुरुभएको हो।आफ्ना मान्छे सबै पन्च कहलिन्थे जे गरेनि हुने कसैलाइ सिध्याउनु छ भने अराष्टिय तत्वको ब्यबस्था बिरोधि भनेर सिध्याएका घटना धेरै छन ...
भदौमा देशव्यापी विशेष अभियान चलाउँदै काँग्रेस

भदौमा देशव्यापी विशेष अभियान चलाउँदै काँग्रेस

ब्यानर समाचार, राजनिती
काठमाडौँ- नेपाली काँग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रूपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेसले जनाएको छ । यो अभियानको विस्तृत खाका काँग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने काँग्रेसको सर्त छ । गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, काँग...
सरकारको एक वर्ष : प्रधानमन्त्रीले कहाँ ‘बिराए बाटो’

सरकारको एक वर्ष : प्रधानमन्त्रीले कहाँ ‘बिराए बाटो’

ब्यानर समाचार, राजनिती
काठमाडौं- वर्तमान सत्ता गठबन्धनका दलहरू एक वर्षभन्दा केही अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संयुक्त आन्दोलनमा थिए। गठबन्धनका नेताहरूले आफूलाई राजनीतिक रूपमा हायलकायल पारिरहेका ओलीलाई अधिनायकवादी, निरङ्कुश र संविधान विरोधीको रूपमा चित्रण गरिरहेका थिए। सर्वोच्च अदालतले दोस्रो संसद्-विघटन पनि उल्टाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनीहरूले आफूलाई लोकतन्त्र र संविधानको रक्षक भनेर नायकको रूपमा प्रस्तुत गरे र त्यो दाबी अहिले पनि गरिनै रहेका छन्। तर वर्ष दिनमा परिस्थिति प्रतिकूलतामा फेरिएको देखिन्छ। त्यसको प्रस्ट झल्को सोमवारदेखि सुरु भएको प्रधानमन्त्रीको दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमै प्रकट भएको पाइयो। ओलीविरुद्धका आरोपको 'नयाँ अवतार' कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा धारणा राख्दा गठबन्धनले विग...