Thursday, May 21
Shadow

ब्यानर समाचार

माओवादीमा १५६ जनाको पोलिटब्युरो बन्यो

माओवादीमा १५६ जनाको पोलिटब्युरो बन्यो

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा १५६ जना रहने भएका छन् । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो । बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे । उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरेका छन् भने केही नाम अझै थपिन सक्ने भएकाले सबैलाई समेटिने बताए । जसमा वैकल्पिकको समेत व्यवस्था हुने उनको भनाइ छ ।...
रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड

रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुस-युक्रेन युद्धका विषयमा नेपालले पक्षधरता देखाउनु गलत भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै बिहीबार दाहालले सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत भएको बताएका हुन् । गठबन्धनमा पनि यस विषयमा गम्भीर रूपमा गल्ती भयो भन्ने धारणा बनेको पनि उनले बताए । छिमेकी मुलुकहरू चीन र भारतले समेत कुनै एउटा पक्ष नलिएको उल्लेख गर्दै दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा कायम अडिग रहनुपर्ने बताए । 'रुस-युक्रेन युद्धबारे नेपालले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्‍यो । यो विषयमा गठबन्धनमा गम्भीर रूपमा गलत भयो भन्ने धारणा छ । चीन र भारतले समेत युक्रेन युद्धको बारेमा कुनै एउटा पक्ष लिएका छैनन् । भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम सहयोग गरेको अवस्थामा नेपालले युक्रेनको पक्षमा भोटिङ गर्नु हुन्...
अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री शर्माले दिए राजीनामा

ब्यानर समाचार, राजनिती
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् । 'छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु,' शर्माले प्रतिनिधि सभामा सम्बोधनका क्रममा भने। उनले आफूले गल्ती नगरेको भन्दै तथ्यमा गइदिन नागरिक समाजलाई आग्रह गरे । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै अर्थमन्त्री शर्माको आलोचना भएको थियो । सम्बोधनका क्रममा शर्माले मन्त्रालयका जिम्मेवार कर्मचारीहरू बाहेक अरू कसैलाई पनि बजेट निर्माणमा सहभागी नगराएको जिकिर गरेका छन् ।...
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब

ब्यानर समाचार, राजनिती
काठमाडौं- बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइरालासम्मले सार्वजनिक रुपमा नै दबाब बढाएका हुन् । सो दिनको घटनाको सीसीटीभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रुपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् । कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड गरेका छन् । ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलाई विश्वासिलो तरिकाले स...
अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री जनार्दन शर्माले राजिनामा नदिएसम्म अर्थ मन्त्रालय नआउने घोषणा गरेका छन् । उनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । उनले आज बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री देउवा समक्ष जनार्दन शर्मा मन्त्री रहेसम्म आफू मन्त्रालय नफर्किने घोषणा गरेका बालुवाटार श्रोतले जनाएको छ । एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजन...
तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

आर्थिक, ब्यानर समाचार
काठमाडौं- नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ । ...
विप्लव नेकपाका ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

विप्लव नेकपाका ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ-  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरूले पार्टी प्रवेश गरेका हुन् । नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शङ्कर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् । नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्युरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्वासी सङ्गठनको अध्यक्षसमेत रहेका ...
नयाँ दल घोषणा गर्दै वामदेव गौतम

नयाँ दल घोषणा गर्दै वामदेव गौतम

ब्यानर समाचार, राजनिती
काठमाडौँ- नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज (मंगलबार) अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।...
नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् । थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैभन्दा तल छ । जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । ...
मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

ब्यानर समाचार, राजनिती
काठमाडौं- शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् । उनले मन्त्री पदबाट राजीनामा दिएकी छन् । उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदाइ भएकी हुन् ।झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् । प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् । ...