Thursday, May 21
Shadow

ब्यानर समाचार

स्वास्थ्यचौकीलाई मतदान केन्द्र तोकिँदा , स्थानीयको विरोध

स्वास्थ्यचौकीलाई मतदान केन्द्र तोकिँदा , स्थानीयको विरोध

निर्वाचन विशेष, ब्यानर समाचार
स्वास्थ्यचौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् । मेचीनगर–१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइ दिनका लागि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् ।” झापा क्षेत्र नं १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाउनुभएको छ । उहाँले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहो¥याएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले हरेक नागरि...
आज इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँट

आज इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँट

आर्थिक, ब्यानर समाचार, सेयर मार्केट
इष्टर्न हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो।...
प्रमुख निर्वाचनका आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचनका आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

निर्वाचन विशेष, ब्यानर समाचार
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा सो अवसरमा कुराकानी भएको थियो । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो । ...
उत्कृष्ट कृषक सम्मानित

उत्कृष्ट कृषक सम्मानित

कृर्षि, ब्यानर समाचार, समाचार
बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका रामबहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्तबहादुर बस्नेतलाई कृषि ज्ञान केन्द्र धादिङले नगदसहित सम्मान गरेको हो । पुरस्कृत कृषकलाई प्रतिव्यक्ति रु १० हजार र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले जानकारी दिनुुभयो । विश्व खाद्य दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ । प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिकाको मलेखुस्थित बागेश्वरी माविकी छात्रा सदीक्षा आचार्य प्रथम, बेनिघाट रोराङकै चन्द्रोदय माविकी सिर्जना लोहनी द्वितीय, गजुरीको डोलभन्ज्याङ माविकी विनिता घिमिरे तृतीय र नीलकण्ठ नगरपालिकाको धादिङ आवासीय माविकी कृषला श्रेष्ठले सान्त्वना...

अधिकांश सिटमा गठबन्धनले जित्छ : आरजु देउवा

निर्वाचन विशेष, ब्यानर समाचार
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अधिकांश निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनले जित हासिल गर्ने बताउनुभएको छ । छठ पर्वमा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएका देउवाले आज सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै गठबन्धनबाट स्वतन्त्र उम्मेदवार भएका अधिकांश उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको र गठबन्धन पनि एक ढिक्का भएर अघि बढेकाले ९५ प्रतिशत सिट गठबन्धनले जित्ने बताउनुभयो । अधिकांश सिटमा गठबन्धनले जित हासिल गर्ने र आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्नुहुँदै देउवाले मुलुकको विकास र समृद्धिका लागि पनि गठबन्धनले नै जित्नुपर्ने जिकिर गर्नुभयो । ...
कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
लेखक - माधव तिमल्सिना काठमाडौंमा नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको हो कि डा. बाबुराम भट्टराई र वर्षमान पुनसँग गरेको हो मलाई त बुझ्नै कठिन भएको छ । नेपाली कांग्रेसको बलियो पकड रहेको काठमाडौं २ मा वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीलाई नेपाली कांग्रेसले छाडेको छ र काठमाडौं ७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराईलाई छाडेको छ । एमाले फुटेको अवस्था, स्थानीय निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेस एक्लैले सजिलै जित्ने ठाउँ हुन यी । काठमाडौं–९ मा सत्तारुढ गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस पहिलो भए पनि एमालेभन्दा कमजोर भएकाले माओवादी केन्द्र वा अरुलाई टिकट दिंदा कांग्रेसी नेता तथा कार्यकर्ताहरुमा कुनै गुनासो छैन । माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको पक्षमा बिना हिच्किचाहट कांग्रेसी नेता तथा कार्यकर्ताहरु हिंडेका छन् । यो निर्वाचन क्...
काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
हिजो त्याग र वलिदानको अनुपम उदाहरण देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले एजेण्डा विहीन भएको प्रतित हुन्छ । ‘व्यवस्था बदल्यौं, अवस्था बदल्ने छौं’ भन्ने मुख्य नारा बनाएको माओवादी केन्द्रले यतिवेला आफू उठेका हरेक चुनावी क्षेत्रमा जित्नका लागि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्ने भन्दै मतदातालाई सपना बाँडिरहेका छन् । केही दिनअघि माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ओनसरी घर्ती उठेको क्षेत्र काठमाडौं–२ मा पुगेर आश्वासन दिए, ‘ओनसरीलाई चुनाव जिताउनुस म विकासे मन्त्री बनाउने छु ।’ काठमाडौं २ का जनताले प्रचण्डले दिने भनेको विकासे मन्त्रीको आश्वासनलाई खासै महत्व दिएनन् । प्रधानमन्त्री बनिसकेका र बन्ने हैसियत रहेका माधवकुमार नेपाललाई पटकपटक मत दिइसकेका त्यस क्षेत्रका जनताले विकासे मन्त्रीको ललीपपलाई के महत्व दिन्थे र ? त्यसपछि ओनसरीले चुनावी अभियानमा उम्मेदवारसँग ...
के छ जसपाको घोषणापत्रमा  ?

के छ जसपाको घोषणापत्रमा ?

निर्वाचन विशेष, ब्यानर समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । “प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।” जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणासहित घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको...
कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

निर्वाचन विशेष, ब्यानर समाचार
आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए । तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...