Friday, April 26
Shadow

वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।


  • -इ
  • इ+

काठमाडौँ- २०७९ मंसिर १७ गते इचिवन मल्टिभेन्यु डिल्लीबजारमा वचन बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप- समितिको आयोजनामा एकदिने अभिमुखिकरण तालीम सप्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता मुकुन्दराज खनालले गर्नुभएको थियो भने संचालन कृष्णप्रसाद डंगोलले गर्नुभएको थियो ।

 

 

 

उक्त कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि, अतिथि, उपस्थित महानुभावहरुलाइ डा. देशमर्दन बस्न्यात ज्युले स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो । उहाँ ले स्वागतमन्तव्यको क्रममा सहकारीले रास्ट्रीय बिकाशमा खेलेको भुमिका र बिकासशिल राष्ट्र मा यस्को महत्त्व बारेमा पनि अन्तर्राष्ट्रिय उदारणहरु पेश गर्नु भएको थियो ।

 

कार्यक्रमको मुख्य उद्देश्य भनेको भर्खरै (२०७९ भाद्र १७ मा ) नवगठित संचालक समिति , लेखा सुपरिवेक्षण समिति लगाएतका समितिहरुका पदाधिकारी सहित सदस्यहरुलाइ एवं संस्थाको कर्मकारी हरुले सहकारी को महत्त्व के हो र यस्को राष्ट्र प्रती को भुमिका जिम्मेवारी के हो ? र सहकारी संचालन गर्ने , कसरी सहयोग पुर्याउने ? कसरी बचतकर्ताको बचत सुरक्षा गर्ने ? कसरी संस्था को हितमा काम गर्नेभन्ने बिषयमा उक्त एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको थियो । उक्त अभिमुखिकरण कार्यक्रमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी विकास बोर्डका पुर्व डाइरेक्टर शिवप्रसाद घिमिरे र वल्लभ तिमल्सिना ले प्रशिक्षण /तालीम दिनुभएको थियो । तालिम सकिए पछि तालिममा सहभागी सदस्य हरुलाइ प्रमाणपत्र पनि प्रदान गरिएको थियो भने अन्तिम मा कार्यक्रम का अध्यक्ष मुकुन्दराज खनाल ज्यु बाट तालिमको उपलब्धि र यश तालीमको उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता सबै बाट हुने प्रतिबद्धता गर्दै तालिम को समापन गर्नुभएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares