लक्ष्मीपुर एकीकृत कृषक समूह २५औं वर्षमा प्रवेश
काठमाडौ - तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे लक्षमीपुर एकीकृत समूह २५ वर्षमा प्रवेश गरेकाे छ । उक्त कुरा हिजाे पुस २८ मा आयाेजना गरिएकाे आफ्नाे २५औं वार्षिक साधारणसभाका अवसरमा वताईएकाे हाे ।
तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनकाे प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष श्रीराम अधिकारीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन महासचिव राजु नेपालले गरेका थिए ।
सहअध्यक्ष विश्वनाथ अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएकाे उक्त कार्यक्रममा महिला उपसमिति तर्फबाट अध्यक्ष चण्डिका अधिकारीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने सामुदायिक बालक्लबका अध्यक्ष श्री राेशन अधिकारीले बालक्लवकाे प्रतिवेदनहरु गरे । सचिव लक्ष्मण अधिकारिद्वारा प्रगति प्रतिवेदन प्रस्तुत भएकाे थियाे भने वन उपभाेक्ता समितिका अध्यक्ष गाेकुल नेपालबाट पनि प्रतिवेदन प्रस्तुत गरियाे ।
बालबालिकाले प्रस्तुत गर...









