Thursday, May 21
Shadow

ब्यानर समाचार

प्रेमप्रसाद आचार्य `सन्तोष´को न्याय र नीति सुधारको लागि MRR युवा हरु द्वारा प्रदर्शन

प्रेमप्रसाद आचार्य `सन्तोष´को न्याय र नीति सुधारको लागि MRR युवा हरु द्वारा प्रदर्शन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।प्रदर्शन आम नागरिक र MRR को युवा हरुले गरेका थिए । आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो। उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्। आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्। उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ। देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएक...

नेपाल स्रष्टा समाज द्वारा सम्मान घोषणा

ब्यानर समाचार, साहित्य/कला
नेपाल स्रष्टा समाजले प्रेस विज्ञप्ति निकाल्दै  वि.सं.२०७९ का दुई सम्मानको घोषणा गरेको छ । यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगङ्गा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । दुवै सम्मानको राशि रु २१,१११।– रहेको छ । नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा भएको माघ ८ गते भएको बैठकले सो निर्णय गरेको हो । कवि तथा समाजका नेपाल स्रष्टा समाजका कार्यसमिति सदस्य माधव बिडारीले दिएको जानकारी अनुसार वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले मातापिताको  नाममा स्थापना गर्नुुभएको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्देल सम्मानित भइसक्नुभएको छ । बागमती प्रदेशका सांसद तथा राष्ठ्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटालगायत...
गण्डकीमा ७ मन्त्रालय बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको सम्भावना

गण्डकीमा ७ मन्त्रालय बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको सम्भावना

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । ‘आइतबार र सोमबार बिहान सत्ता साझोदारको बैठक बस्यो । बैठक लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ७ बनाउने निर्णय गरेको छ,’ सरकाकी प्रवक्ता समेत रहकी मन्त्री सुन्दासले भनिन् । मन्त्रालयको आंकडा र  कार्यक्षेत्र-    आजै साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको तयारी छ ।   अधि...
यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनचाँदीको मूल्य बढेको छ। हिजो तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च आजकै मूल्य विन्दुमा पुगेको थियो । साेमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।...
बुर्किनाफासोका नागरिकद्वारा फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग

बुर्किनाफासोका नागरिकद्वारा फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
ओउगाडोउगु, ९ माघ (रासस/ सिन्ह्वा) : बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ । एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन सरकारले अनुरोध गरेको सरकारी समाचार समिति एआइबीले जनाएको छ । गत बुधबार सरकारले २०१८ को डिसेम्बर १७ मा फ्रान्ससँग गरेको सम्झौता रद्द गरेको हो । बुर्किनाफासोका नागरिकले फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । गत शुक्रबार हजारौँ प्रदर्शनकारीले राजधानी ओउगाडोउगुमा फ्रान्सेली राजदूत र उनको देशका सैनिक फिर्ता हुनुपर्ने मागका साथ विरोध प्रदर्शन गरेका थिए । राजधानी ओउगाडोउगु बाहिरको उत्तरपूर्वी भागमा फ्रान्सेली सेनिक तैनाथ छन् ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
तारकेश्वर सामुदायिक विद्यालय समिति द्वारा नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन

तारकेश्वर सामुदायिक विद्यालय समिति द्वारा नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - तारकेश्वर सामुदायिक विद्यालय समितिले नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन गर्ने कार्यक्रम सम्पन्न गर्याे। तारकेश्वर नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन सचिब राजु नेपालबाट भएकाे थियाे भने अध्यक्षता समितिका अध्यक्ष कृष्णप्रसाल ओझाले गर्नु भएकाे थियाे ।      साथै स्वागत मन्तव्य उपाध्यक्ष नारायण जंग थापाले गर्नु भएकाे थियाे । उपस्थित २२ वटा सामुदायिक बिद्यालयका प्रअ ज्युहरुबाट आफ्नाे परिचय सहित मन्त्री ज्युलाई बधाइ ज्ञापन गर्नु भएकाे थियाे । छाेटाे मिठाे यो कार्यक्रममा माननीय गणेश पराजुली, माननीय अमन मास्के र माननीय प्रकाश श्रेष्ठकाे विशेष उपस्थिति थियाे । उक्त अवसरमा तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्षले बधाई ज्ञापनका अतिरिक्त शिक्षामा सुधार गर्नु पर्ने विषयमा मन्त्री ज्युकाे ध्यानाकर्षण गराउनु भएकाे थियाे ।                            छाेटाे मन्तव्य र...
उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक रत्न कृष्ण श्रेष्ठ  पुरस्कृत

उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक रत्न कृष्ण श्रेष्ठ पुरस्कृत

ब्यानर समाचार, ब्यानर समाचार 2
  काठमाडौँ। नेपाली सेनाले सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने युनिट र गैरसैनिकलाई पुरस्कृत गरेको छ । फोटो प्रतियोगितामा सेनाको नम्बर–१४ बाहिनी अड्डा प्रथम भएको छ ।  २६० औं सेना दिवशको अवसरमा आयोजित फोटो प्रतियोगितामा विकास निर्माण निर्देशनालय दोस्रो र दुर्गाबक्स गणले तेस्रो स्थान हाँसिल गरेका छन् ।           गैह्रसैनिक तर्फ संजोग बुढाथोकी प्रथम र फोटो पत्रकार वर्षा शाह द्धितिय भएकी छिन् । राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठले पनि उत्कृष्ट फोटो पत्रकारको पुरस्कार पाएका छन् ।  प्राविधिक सुवेदार राजेश केसीले लिएको फोटो वर्षको उत्कृष्ट फोटोमा छनोट भएको छ । शुक्रवार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरे ।...
अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका

अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना केन्द्रीय सदस्यले पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजनीतिक क्षमतामाथि प्रश्न उठाएका छन् । व्यक्ति हत्याको आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद प्रतिनिधिसभा बैठकमा खुलेआम सहभागी हुँदासमेत कानुन कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आमतहमा आलोचित गृहमन्त्री लामिछानेको क्षमताप्रति उनकै पार्टीका नेता गणेश कार्कीले शंका गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले अभियुक्तलाई पक्राउ गर्न आनाकानी गर्नुको कारणसमेत सोधेका छन् । ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि असक्षमता हो भन्नलाई धेरै बेर सोच्नुपर्दैन’, उनको तिखो टिप्पणी छ । अदालतले दण्ड तोकेको व्यक्ति संसद् भवनमा नभई थ...
यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।...