Thursday, May 21
Shadow

ब्यानर समाचार

गृहमन्त्रीमा  नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ  रणनीति

गृहमन्त्रीमा नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ रणनीति

ब्यानर समाचार, राजनिती
  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्। लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्। उच्च स्रोतका अनुसार लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए। प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए। लामिछानेभन्दा अगाडि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पनि बालुवाटारमा भेट भएको थियो। भेटमा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन दबाव ...
राष्ट्रिय स्वतन्त्र पार्टीमा रबि लामिछाने पुनः सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीमा रबि लामिछाने पुनः सभापति

ब्यानर समाचार
सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि स्वत: पार्टीको सभापति पद गुमाएका रवि लामिछाने पुनर्बहाली भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पुरानै जिम्मेवारीमा फर्काएको हो । आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुन: चयन गरेको छ । अमेरिकी ग्रिनकार्ड त्यागेको निस्सा पेश गरेको झण्डै साढे ३ घण्टामा दिउँसो नागरिकता हातमा परेसङ्गै सरासर पार्टी कार्यालय पुगेका उनी बैठकमा सहभागी भएका थिए । त्यसपछि सभापतिमा फर्किएको बक्तव्य निकाल्न लगाए । शुक्रबार साँझ अदालतको फैसलासँगै लामिछानेले सभापतिसहित उपप्रधान र गृहमन्त्रीको हैसियत गुमाएका थिए । लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक राखेर श्रम मन्त्रीसमेत रहेका डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।...
रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिए

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिए

ब्यानर समाचार
१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए । त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए । ...
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ। यो सँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षबाट बञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र डक्टरेट तहको लागि हुने प्रवेश परीक्षा दिन पाउँदैनन्। अर्को सूचना नआएसम्म छात्राहरूको भर्ना गर्न नपाइने र यो निर्णय उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने तालिवान सरकारद्वारा पठाइएको पत्रमा भनिएको छ। तालिबान सञ्चालित सरकारका उच्च शिक्षा मन्त्री, निदा मोहम्मद नादिमले व...
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का द्वारा राष्ट्रपति निर्वाचनको मिति तोक्न माग

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का द्वारा राष्ट्रपति निर्वाचनको मिति तोक्न माग

ब्यानर समाचार
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। उनले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताए। त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने खड्का बताउँछन्। ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कार हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’ कांग्रेस पदाधिकारी बैठकको हालैको निर्णय पनि राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने थियो। साथै कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराएको थियो। प्र...
नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ : सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि उक्त पदहरू नरहने भएको हो । “रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन”, फैसलामा भनिएको छ, “निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मे...
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज !

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज !

ब्यानर समाचार, ब्यानर समाचार 2
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।   कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था भएपनि लामिछानेको नागरिकता समेत मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।  ...
कडा सुरक्षा बीच गृहमन्त्री रबि लामिछानेको फैसला आज

कडा सुरक्षा बीच गृहमन्त्री रबि लामिछानेको फैसला आज

ब्यानर समाचार
काठमाडौ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।     कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ ।   सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।...
कार्यालय रित्तै,सेवाग्राहीलाई समस्या

कार्यालय रित्तै,सेवाग्राहीलाई समस्या

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउनुहुन्छ । “कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ”, उहाँले भन्नुभयो । साविक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो । श्रेष्ठ भन्नुहुन्छ, “सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुपर्यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।” मालपोतमा १२ दरबन्दी, चारजना म...
तारकेश्वर नगरपालिका द्वारा तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

तारकेश्वर नगरपालिका द्वारा तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन

खेलकुद, ब्यानर समाचार, स्थानिय तह
काठमाडौ - तारकेश्वर नगरपालिकाले तारकेश्वर मेयर कप रनिङशिल्ड प्रतियोगिताको उद्घाटन नगरप्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियोे । कार्यक्रमको अध्यक्षता तारकेश्वर -८ को वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन तारकेश्वर-२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगरप्रमुख कृष्णहरि महर्जन हुनुहुन्थ्यो । बिशिस्ट अतिथिमा सिर्जना बुर्लाकोटी अर्याल हुनुहुन्थ्यो । अतिथिमा वडा अध्यक्ष हरु बिदुर सापकोटा , परशुराम अर्याल , शम्भु फुयाल , नरेन्द्रदास श्रेष्ठ , घनश्याम श्रेष्ठ , सानुकाजी खत्री , श्यामकृष्ण महर्जन , कुमार राई , कविराज बस्नेत र नगर शिक्षा समिति सदस्य तथा खेल संयोजक राजेन्द्रप्रसाद तिमल्सिना  हुनुहुन्थ्यो । कार्यक्रममा नगरपालिकाका खेलप्रेमी बुद्धिजीवी , समाजसेवी , सामुदायिक र संस्थागत स्कुलका प्रधानाध्यापक , क्याम्पस प्...