Thursday, April 18
Shadow

अध्यक्ष रबि माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको आशंका


  • -इ
  • इ+

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना केन्द्रीय सदस्यले पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजनीतिक क्षमतामाथि प्रश्न उठाएका छन् ।

व्यक्ति हत्याको आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद प्रतिनिधिसभा बैठकमा खुलेआम सहभागी हुँदासमेत कानुन कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आमतहमा आलोचित गृहमन्त्री लामिछानेको क्षमताप्रति उनकै पार्टीका नेता गणेश कार्कीले शंका गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले अभियुक्तलाई पक्राउ गर्न आनाकानी गर्नुको कारणसमेत सोधेका छन् । ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि असक्षमता हो भन्नलाई धेरै बेर सोच्नुपर्दैन’, उनको तिखो टिप्पणी छ ।

अदालतले दण्ड तोकेको व्यक्ति संसद् भवनमा नभई थुनामा हुनुपर्ने उनको भनाइ छ । साथै, कार्कीले लामिछानेलाई निरीह गृहमन्त्री नबन्न सुझावसेमत दिएका छन् ।

मधेस आन्दोलनका बेला एकजना प्रहरीको हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरले एमाले सांसद महतोलाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गर्दै चुनाव जितेका महतो अहिले निर्वाध संसद बैठकमा सहभागी भइहेका छन् ।

फौजदारी अभियोग लागेका अभियुक्त चार तहको उच्च सुरक्षा घेरा नाघेर संसद भवन पुग्दा पनि प्रहरीले भने उनलाई ‘फरार सूची’ मा राखेको छ । आफू सञ्चारकर्मीमा हुँदा सुशासनका पक्षमा चर्का कुरा गर्ने लामिछानेले प्रहरीको फरार सूचीमा रहेका अभियुक्तलाई समात्न नसकेपछि उनको क्षमतामाथि आमतहमा पनि प्रश्न उठेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares