Wednesday, May 20
Shadow

ब्यानर समाचार

उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन्  – डा.अम्बरीश पोख्रेल

उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् – डा.अम्बरीश पोख्रेल

ब्यानर समाचार, विचार
उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् । तर अहिले यस्तै नयाँ पुस्ताका मान्छेको बिगविगी बढेको छ । १. समाजलाई अगाडि बढाउन चाहनेहरुले वा बढाउनेहरूले आफू र आफ्नो परिवारलाई प्राथमिकतामा राखेका हुँदैनन् । ठुला उदाहरणहरू: महात्मा गान्धी, कार्ल मार्क्स, नेपालको महावीर पुन। मोहन चन्द्र अधिकारी । मेरी क्युरीका श्रीमान श्रीमती । साना उदाहरणहरु लाखौं लाखमा छन् । तपाईं हाम्रो गाउँ टोल टोलमा उनीहरू हुन्छन् । तिनीहरू नै समाजका सुरक्षाका आधार खम्बाहरू हुन् । तिनीहरूबाट समाजलाई व्यवस्थित गर्ने गराउने काम भइरहेको हुन्छ। २. तर चरम स्वार्थी लम्पट, उपभोक्ताबादी सोच विकास भएका मान्छेहरू चाहिँ यसको विपरीत धारमा (आफू र आफ्नो परिवारको लागि जे पनि गर्ने गराउने) उभिएका हुन्छन् । यिनीहरू समाजमा हानिकारक हुन्छन् । त्यसको मात्रा कम बेसी परिस्थितिजन्य हुने गर्दछ। तर यिनीहरूको बाहुल्यता...
रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी छ। सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो। कार्यालयले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने तयारी छ।...
नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

ब्यानर समाचार, समाचार
कृष्णनगर, कपिलवस्तु मंसिर २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा माओवादी केन्द्रले आज कृष्णनगर नगरपालिका वडा नं ३ र ४ को वडा कमिटी विस्तार भएको छ। खुर्सेद आलम खा र गीता देवी सुनारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र आचार्य, काशीराम यादव, नेकपा माओवादी केन्द्र कपिलवस्तु संयोजक बिष्णु बेल्बासे लगायतको आतिथ्यमा वडा कमिटी विस्तार गरिएको छ। नयाँ समिति विस्तार हुदाँ वडा नं ३ वडा कमिटी अध्यक्षमा मन्जूर अहमद, उपाध्यक्षमा प्रमेश्वर गुप्ता, सचिवमा मुजीबुल रहमान सहसचिवमा ओम प्रकाश मौर्या, कोषाध्यक्षमा सोम नाथ बरई लगायत एघार सदस्यि समिति गठन भएको छ। वडा नं ४ मा नयाँ कमिटी गठनमा अध्यक्षमा गीता देवी सुनार, उपाध्यक्षमा चांद बाबु पठान, सचिवमा मोहम्द इरफान, सचिवमा यकरार अहमद खान, कोषाध...
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र ३० नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको जानकार हरु बनाउछन्। जिल्ला , प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो आसेपासे तथा अन्य लाई बचाएर अरु जस्को पहुँच कम भएका तथा पत्रकारिता रूपमा सक्रिय रहे पनि शुद्धिकरणका नाममा उनीहरूको नाम हटाइएको छ। केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निष्क्रिय रहेका र अन्य मापदंड बनाई नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो। तर त्यो अभियान भने सोझा साझा र माथिल्लो निकायमा पहुच न भएको लाई मात्र लागु हुने जस्तो मात्र सिमित रहेको कपिलवस्तुका एक जना सक्रिय पत्रकारले बताएका छन्। साथै पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि पहुँचका बलमा शुद्धिकरण अभियान लाई लजास्पद बनाइएको घटना बाहि...
वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

ब्यानर समाचार, समाचार
काठमाडौं - वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (सुष्म] उप-समितिको आयोजनामा १ दिवसीय लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम-२०८१ तारेकेश्वर नगरपालिका-६, जीतपुरमा २०८१ असार ५ गते सम्पन्न भयो। उक्त कार्यक्रममा ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै तारेकेश्वर नगरपालिका-३ का पूर्व वडाध्यक्ष समेत रहेका वचन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा लघुवित्त (सुष्म) उप-समितिका संयोजक मनोहरि तिवारीले कृषि र पशुपालन जस्ता उत्पादनमूलक कार्य गरिरहेका स्थानीयबासीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुगोस् भनेर वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको सदुपयोग गरि आफ्नो उत्पादन वृद्धि हुने गरी कार्य गर्न आग्रह गर्दै म पनि यहींको स्थानीयबासी भएकोले यो कार्यक्रमको जसअपजसको जिम्मेवार आफू पनि हुने बताउनुभय‍ो । कार्यक्रममा मन्तव्य व...
विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियोे । अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर  ५ को नागार्जुन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन , सानुकाजी प्रजापति, स्याम ढुगना , तार्केस्बर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामा लगायत सामाजिक अगुवाको सहभा...
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख)को प्रदेश स्तरीय दोस्रो सम्मेलन सम्पन्न

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख)को प्रदेश स्तरीय दोस्रो सम्मेलन सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं - जेठ ६ गते नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख) को प्रदेश स्तरीय दोस्रो सम्मेलन भएको छ । तारकेश्वर १० मा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेस लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेस लेखकले काँग्रेस पार्टीमा सबैका आ–आफ्ना फरक विचारहरुको समूह भएको कारण नै असली लोकतान्त्रीक पार्टी बनेको बताए । लेखकले अर्को एक प्रसङ्गमा सदन अवरोध अन्त्यका लागि सरकारले गृहमन्त्रीको छानविनका लागि संसदीय दल नबनाएसम्म काँग्रेसले अवरोध गरिरहन्छ भनेका थिए । काठमाडौं क्षेत्र नं. ६ (ख) का सभापति विष्णुभक्त तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान, जगदिश नरसिंह केसी, सबुज बानियाँ, श्याम खड्गी, ओमकृष्ण  बिमली लगायतका नेता/कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा क्षेत्र नं. ६ (ख) को...
नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
धुलिखेल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे । सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग ...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् । पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । ...