काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी छ।
सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।
कार्यालयले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने तयारी छ।