Friday, January 24
Shadow

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो


  • -इ
  • इ+


काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियोे ।
अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर  ५ को नागार्जुन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन , सानुकाजी प्रजापति, स्याम ढुगना , तार्केस्बर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामा लगायत सामाजिक अगुवाको सहभागिता रहेको थियो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै भट्टले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares