Wednesday, July 1
Shadow

ब्यानर समाचार

दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
दैलेख,२९ असार। दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। नौमुले गा.पा ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२९ असार। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ । यस्तो छ कार्यसूची : ...
काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
नुवाकोट,२९ असार। काभ्रेपलाञ्चोकबाट सुरु गरिएको राष्ट्रिय कोटिहोम रथयात्रा हिजो साँझ बिहिबार नुवाकोट आईपुगेको छ । प्रत्यक्ष प्रसारणसहित नुवाकोटका प्रमुख स्थानमा रथयात्रा गरिएको हो। नुवाकोटको विदुर नगरपालिकाको सदरमुकाम विदुर, त्रिशुली, कोलेनी, बट्टार, जालापदेवी मन्दिर देवीघाटलगायत स्थानमा रथयात्रा परिक्रमा गरिएको थियो । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ । ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो । रथलाई काभ्रेपलाञ्चोक जिल्लाका सबै मुख...
नेपाल आज पाकिस्तान ‘ए’ सँग खेल्दै

नेपाल आज पाकिस्तान ‘ए’ सँग खेल्दै

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२९ असार। एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।
आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार, साहित्य/कला
काठमाडौं,२९ असार। भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज शुक्रवार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावत...
सर्जक महेश नेपालको शब्दमा ,माइला गुरु र दिपिका पराजुलीको “क्यानम” सार्वजनिक

सर्जक महेश नेपालको शब्दमा ,माइला गुरु र दिपिका पराजुलीको “क्यानम” सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२८ असार। गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको शब्दमा “क्यानम” डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाल स्वयमको शब्द सृजना सागर भण्डारीको मन लोभ्याउने संगीतमा सजिएको सोहि गीत कृष्ण लामिछानेको एरेन्ज मिक्सिङ्ग गरेका हुन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुतिमा रहेको छ भने गितमा महेश नेपाल ,माइला गुरु दिपिका पराजुलीको सुमधुर स्वर रहेको छ । उमेश कार्की (युके)को निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा दीपेन्द्र देउवा,अस्मिता आचार्य ,बिनिता दाहाल ,संगम खत्री लगायतको दमदार अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन,रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै म्युजिक भिडियोका गायक नेपाल जनाएका छन् । उक्त गीत Amrit Acharya को आफ्नो अफिसियल युट्युब ...
नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

अन्तरवार्ता, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
२८ असार ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाका हरेक नागरीकले स्वास्थ्य बिमा गर्दा १५ प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । साथै विपन्न, अशक्त, अशहाय र लक्षित वर्गको लागि निःशुल्क वीमा गरिदिने हामि संगको अन्र्तवार्तामा नगर प्रमुख जगत वहादुर गुरुङले बताएका छन् । स्थानिय तहको निर्वाचन २०७९ मा लोकप्रिय मतका साथ विजयी भएका मेयर गुरुङले आफ्नो कार्यकालमा बेलकोटगढी नगरपालिकालाई भौतिक विकासलाई निरन्तरता दिदैँ शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना बनाउने लक्ष्य समेत राखेका छन् । समग्र बेलकोटगढी नगरपालिका केन्द्रित भएर गरिएको कुराकानी... तपाई निर्वाचित हुनुभएको एक वर्ष पुरा भईसक्यो निर्वाचनका समयमा जनता माझ गरेका प्रतिवद्धता कत्तिको पुरा गर्दै हुनुहुन्छ ? निर्वाचित भएको पहिलो वर्ष सिकाईमा नै लाग्यौँ । त्यस संगै बेलकोटगढीको समृद्धि संगै सुशासनका कुरालाई मध्ये नजर गर्दै अघिल्ला जनप्रतिनिधिले गरेका क...
हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भूकम्प

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भूकम्प

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
हुम्ला,२८ असार । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको र भूकम्पबाट कुनै क्षति भएको खबर प्राप्त नभएको जनाएको छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।...
प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
कपिलवस्तु, अषाढ २७ ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै , 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।' प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।...
जनक लामा,अर्चना स्याङ्तान र उमेश श्रेष्ठको “बाध्यता” डिजिटल बजारमा

जनक लामा,अर्चना स्याङ्तान र उमेश श्रेष्ठको “बाध्यता” डिजिटल बजारमा

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,२७ असार। “बाध्यता” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा, गायिका अर्चना स्याङ्तान र उमेश श्रेष्ठको सुमधुर स्वरमा बजारमा आएको यस गितमा देबेन्द्र लामिछानेको शब्द छ भने संगीत उमेश श्रेष्ठको रहेको छ । उमेश श्रेष्ठको गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आरब प्रोडक्सनमा गरिएको हो । शिशिर बुढाथोकीको निर्देशन रहेको म्यूजिक भिडियोमा सिद्दार्थ जैगडी र रबिना कार्कीले अभिनय गरेका छन् । नरेश ऐरको छायांकन रहेको म्यूजिक भिडियोमा कल्पेश बिश्वोकर्माको सम्पादन रहेको छ । “बाध्यता” गीतको भिडियोलाई उमेश कभर मिडिया नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो : https://youtu.be/DEBU2dK40Iw...