Thursday, May 21
Shadow

ब्यानर समाचार

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ८ वटा रिट पेश भएका छन्। सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको छ। आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए। सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन्। उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि 'कू' को संज्ञा दिएका छन्।...
फेरी पनि घेराबन्दीमा पार्ने काम गरियो : प्रधानमन्त्री ओली

फेरी पनि घेराबन्दीमा पार्ने काम गरियो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राम्रो काम गर्न खोजेकै बेला आफूलाई घेराबन्दीमा पार्ने काम गरिएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिलो सरकारको पालामा पनि आफूलाई यसैगरी घेराबन्दीमा पारिएको बताएका थिए । अहिले पनि घेराबन्दीमा पारिएको उनको टिप्पणी थियो ।...
प्रम ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

प्रम ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पार्नुभएको छ। उहाँले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि अनुरोध गरेका छन् । यस्तै प्रचण्डले पार्टी एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो बताउनुभएको हो । प्रेस वक्तव्य: ...
कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ६ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपरान्ह ४ बजेलाई बोलाइएको बताए । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्। आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको...
सात मन्त्रीले दिए राजिनामा

सात मन्त्रीले दिए राजिनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ संसद विघटन प्रति असन्तुष्टि जनाउदैँ एकै साथ सात मन्त्रीले  राजिनामा दिएका छन् । आईतवार एक विज्ञप्ति जारी गर्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगरले राजिनामा दिएका छन् । ...
संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७...
बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।...
संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ ताजा जनादेशक‍ो नाममा सरकारले सार्वभौमसत्ता सम्पन्न संसद्को विघटन गर्न सिफारिस गर्नु असंवैधानिक अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास भएको नेकपा केन्द्रिय सदस्य एवम् नुवाकोट प्रतिनिधिसभा १ का सांसद हित बहादुर तामाङले बताए । आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। सो पश्चात नेकपा तथा प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले त्यसको विरोध जनाएका छन् । सरकारको त्यस्तो प्रवृत्तिले नेपाली जनताको घोर अपमान गरेको छ र मुलकुलाई अस्थिरता तर्फ धकलेको छ। सरकारको यस प्रकारको गैरसंवैधानिक कार्यको सर्वत्र भत्सर्ना गरौं, भनि सामाजिक संजाल फेसबुक मार्फत सांसद तामाङले आफ्नो धारण व्यक्त गरेका छन् । ...
नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवा...
बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष ४ बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन आएको छ । शनिवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । उक्त फुटसल युवा दिपेन्द्र कुमार क्षेत्रीले संचालनमा ल्याएका हुन् । पछिल्लो समय खेलाडि तथा युवाहरुको रोजाईमा पर्न थालेको छ फुटसल । सोहि कुरालाई मध्येनजर गर्दै फुटसल संचालनमा ल्याएको संचालक क्षेत्रीले बताए । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले पछिल्लो समय युवाहरु अन्य आय मुलक व्यवसाय गरिरहदाँ फुटसल संचालनमा ल्याउनु राम्रो कार्य भएको उनले बताए । साथै कार्यक्रमका विशेष अतिथिहरु काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, फुटबल प्रशिक्षक राजु शाक्य, अतिथिहरु अधिवक्ता ईन्द्र अर्याल, जापान सितेरियो करातेका अध्यक्ष माधव राज थापाले युवा वर्गको लागि सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।...