Thursday, May 21
Shadow

ब्यानर समाचार

हल्लाको पछि नलागी चुनावमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन , दुई-तिहाइ मत ल्याउने दाबी

हल्लाको पछि नलागी चुनावमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन , दुई-तिहाइ मत ल्याउने दाबी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन। बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको मिति तय गरिएको छ । बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा दुई-तिहाइ मत ल्याउने दाबी समेत गरे । यसैबीच सैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते ९२०७८० मा गर्ने प्रस्ताव पारित गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।यसअधि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।...
संसद विघटनः जसपाद्वारा देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा

संसद विघटनः जसपाद्वारा देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ७ । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ । काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ । समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । यसैबीच संसद विघटनविरुद्ध देशका विभन्न ठाउँमा प्रदर्श भइरहेको छ ।...
नेकपाबाट ओली बर्खास्त : माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

नेकपाबाट ओली बर्खास्त : माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।...
अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्। उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो। उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो। गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो। लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए। यसअघि मन्त्रिपरिषद बैठक...
आफूलाई महाराज जस्तो ठान्ने प्रधानमन्त्री ओलीको पुरानो स्वभाव हो : झलनाथ खनाल

आफूलाई महाराज जस्तो ठान्ने प्रधानमन्त्री ओलीको पुरानो स्वभाव हो : झलनाथ खनाल

ब्यानर समाचार, राजनिती, विचार
  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले २०७२ सालको संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको चर्चासमेत उनले गरे ।उनले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावी गरे । देशलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ भनेर नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखिएको उनको भनाइ थियो । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे । जनवादी क्रान्ति सफल भयो भनेर पूर्व एमाले...
फुटको निर्णायक विन्दुमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी

फुटको निर्णायक विन्दुमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ७ । सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। दुई पक्षले आज बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यी दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुने मानिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अलग-अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि पार्टी फुट्ने निश्चित भएको हो । प्रचण्ड(माधव नेपाल पक्षले दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेताहरुको भनाई छ । आजको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारवाही गरेपछि बुधबारको संसदीय दलको बैठकले ओलीलाई हट...
निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्रचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आइतबार आयोगका प्रमुख आयुक्तसहित अन्य अधिकारीहरुसँग छलफल गरेका थिए ।छलफल लगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएकोमा आयोगले आन्तरिक तयारी समेत थालिसकेको छ । प्रधानमन्त्रीसँगको छलफल पछि सोमबार आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई गोप्य परिपत्र गरेको छ । निर्वाचनका लागि अर्बौ रकम खर्च हुने आयोगको अनुमान छ । निर्वाचन आयोगले मध्यावधी निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो । यसअघिको निर्वाचनमा आयोगले मात्रै ८ अर्ब २० करोड २१ लाख...
सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ :  पुस ८ र १० गते सुनुवाई हुने

सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ : पुस ८ र १० गते सुनुवाई हुने

ब्यानर समाचार, समाचार
काठमाडौ , पुस ७ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन् । उनले साधारणतर्फको निवेदनको प्रारम्भिक सुनुवाइ यही पुस ८ गते र संवैधानिक इजलासमा परेको निवेदनको प्रारम्भिक सुनुवाइ पुस १० गते तोकिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई निवेदन दायर गरिएको उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारका सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेका थिए ।    ...
नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु, अन्ततः फुटतर्फ नेकपा

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु, अन्ततः फुटतर्फ नेकपा

ब्यानर समाचार
काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ ।यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकरा धरापमा पर्ने सम्भावना देखिएको छ । प्रदेश २ बाहेक बाँकी छ वटा प्रदेशमा नेकपाको सरकार छ । नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल सुरु भएको छ । नेकपा फुटे कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरुले गर्न थालेका छन् । मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने सम्भावना कम छ, पार्टी फुटे उनी स्वतः अल्पमतमा पर्ने देखिन्छ । केन्द्रीय राजनीतिको परकम्प प्रदेश २ को राजनीतिमा पनि परेको छ भने बागमती प्रदेशमा पनि सत्ता समीकराण फेरबद...
पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाणडौँ, पुष ६ पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ। आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।...