Wednesday, July 1
Shadow

ब्यानर समाचार

आज काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने

आज काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, पुष ४ आज (शनिबार) काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा विद्युत् बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो। यी हुन् बिजुली जाने क्षेत्र : बालाजु ‌औद्योगिक क्षेत्र १, बालाजु ‌औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडर...
एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष ३ गृह मन्त्रालयले एकैसाथ १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार ललितपुरका प्रजिअ सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । मन्त्रालयले ललितपुरको प्रजिअको रुपमा मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई जिम्मेवारी दिएको छ । सरुवाहुने अन्य प्रमुख जिल्ला अधिकारीहरु यस प्रकार रहेका छन् । ...
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १ संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमनत्री केपी शर्मा ओली तयार भएका छन् । ओली अध्यादेश फिर्ता लिन सहमति जनाएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् । ओलीको यस्तो सहमतिपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने पनि सहमति जुटेको छ ।...
मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

आर्थिक, जिवनसैली, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ। विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ। मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४ वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो। यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक क...
अध्यादेश विवाद : संसदको विशेष अधिवेशन माग्दै शीतलनिवास पुगे नेकपा सांसद

अध्यादेश विवाद : संसदको विशेष अधिवेशन माग्दै शीतलनिवास पुगे नेकपा सांसद

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेताहरूले संसद्को विशेष अधिवेशन माग गरेका छन्। नेकपा सांसदहरु बैठकको माग गर्दै राष्ट्रपति निवास शीतलनिवास पुगेका हुन्। हस्ताक्षरसहितको निवेदन लिएर नेकपा सांसद भीम रावल, पम्फा भुसाल लगायतको टोली राष्ट्रपति कार्यालय पुगेको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल बीचको दूरी बढिरहेको बेलामा ओलीले एकलौटी अध्यादेश ल्याएपछि विवाद झन् बढिरहेको छ।...
अब भाइबरबाटै पैसा पठाउन सकिने

अब भाइबरबाटै पैसा पठाउन सकिने

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ अब भाइबरबाटै पैसा पठाउन र रिचार्ज गर्न सकिने भएको छ। भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ। यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्म क्यास ब्याक पाउँनेछन्। यस्तै ५० रूपैयाँ ट्रान्सफर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ।...
नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो । नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यस्तै प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने उल्लेख रहेकोमा अब बहुमतका आधारमा निर्णय गर्न सकिने उल्लेख छ । सवैधानिक परिषद्को काम कर्तव्य संम्वन्धी ऐनमा संशोधन गर्न बनेको अध्यादेश...
भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ३० भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका स...
सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ३० सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ।...
त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २९ त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो। ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्। व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका हुन्। ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो। कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो।...