Thursday, September 3
Shadow

ब्यानर समाचार 2

तारकेश्वरको प्रथम त्रैमासिक खर्च २२ करोड १७ लाख

तारकेश्वरको प्रथम त्रैमासिक खर्च २२ करोड १७ लाख

आर्थिक, ब्यानर समाचार 2
तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट रु दुई अर्ब छ करोड रहेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताउनुभयो । “काठमाडौँभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ”, उहाँले भन्नुभयो । ...
प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिनुभयो । उहाँले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँ हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको हो । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बस्नुभएको छ । ...
यी हुन् घिउ सेवनका १० फाइदा :

यी हुन् घिउ सेवनका १० फाइदा :

ब्यानर समाचार 2, स्वास्थ्य
घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्‍याउनुपर्छ । घिउ सेवनका अनेक फाइदाहरू : - घिउले छाला स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ । - कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ । - यसले मुटुलाई स्वस्थ राख्ने कामसमेत गर्छ । - शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । - यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहजता मिल्छ । -घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ । - यसले शरीरमा भिटामिन डी अवशोषित गर्ने वातावरण सिर्जना गर्छ । - घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ । - घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ । -...
आज कुष्माण्डा नवमी पर्व मनाइँदै

आज कुष्माण्डा नवमी पर्व मनाइँदै

ब्यानर समाचार 2
प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर जन्मान्तरसम्म नाश हुँदैन भन्ने विश्वास रहिआएको छ । यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु राम्रो मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा–अर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ । आयुर्वेदिक औषधिका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडीबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक ...
निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उहाँले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताउनुभयो । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो ।...

लेण्डुप भएर आयौ !

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - भूमि देवकोटा   ल भन तिमी को हौ !? दशैँ हो कि निर्वाचन कचौरामा दुइटा खुन्टा सितन लिएर आयो । बटारे पानी ग्लासमा भरिएर आयो । जनता जनार्दनको भाउ यसपटक, झन घटेर आयो । नेता हो कि गोठालो छिमेकको कन्नानी समातेर आयो । दर्शन, बिचार, राजनीति गठबन्धने अगेनामा आहुति दिएर आयो । असलमा निर्वाचन छोरी बोकेर आयो, •••, भाइ लिएर आयो । समानुपातिक फेरि श्रीमती भएर आयो । आया राम गया राम भएर आयो । खुलमखुला छाती खोलेर लेण्डुप भएर आयो । बुढो, रोगी त हुँदै हो दलाल भएर आयो । एमसिसि, एसपिपि काँध थापेर आयो । फेरि पनि, दासहरूको फूलमाला भिरेर आयो । देशको मूल धमनीमा सुँड धसेर आयो । बाँकि रेमिटेन्स हसुरेर आयो । जनताको सबै छिनालेर नसा तनतनी पिउँने भएर आयो । यसपटक निर्वाचन झन क्रुर भएर आयो । ठ्याउकेहरू नयाँ कोटरी खोलेर...
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीनको मृत्यु

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीनको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, समाचार
वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा पश्चिम नवलपरासीको  सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । ...
काभ्रेमा तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै

काभ्रेमा तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको छ । यसका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ । यस्तै निर्वाचनमा एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुने जिल्ला निवार्चन अधिकारी उमेश राईले जानकारी दिनुभयो । यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेक...