Thursday, September 3
Shadow

ब्यानर समाचार 2

स्वार्थको बिउ रोप्दै रोपिएन

स्वार्थको बिउ रोप्दै रोपिएन

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - नर बहादुर बिसी (बानियाँ) उबेला पार्टी भनेर - देश र जनताको मन्त्र जपियाे शरिरमा थुप्रै पीडा थपियो जेलकाे यातना धेरै खपियाे तर के गर्नु- गुण्डागर्दी गर्न जानिएन तिघ्रे पाखुरे पाल्दै पालिएन त्यो खाले पसल थाप्दै थापिएन स्वार्थको बीउ राेप्दै राेपिएन तर गल्ती गरिएछ त्यति सबै गरेको भए धनकाे बीउ छरेकाे भए सायद यसपालि सांसदमा दर्खास्त दिनेथिएँ नभए पनि समानुपातिकमा नाम लिनेथिएँ याे त भनेको मात्रै हाे सत्य त मैले जे गरेँ ठिकै गरेँ। ...
निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने :  पूर्व उपप्रधानमन्त्री सिंह

निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने : पूर्व उपप्रधानमन्त्री सिंह

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका उहाँले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । “संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,”– नेता सिंहले भन्नुभयो । आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उहाँले मतदातालाई आग्रह गर्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन् यी सबैको लेखाजोखा गरेर नि...
कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा  गर्न मिल्ने

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा गर्न मिल्ने

निर्वाचन विशेष, ब्यानर समाचार 2
आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता...
किन मर्दैछन् उपल्लो डोल्पाको  चौँरी र नाउर ?

किन मर्दैछन् उपल्लो डोल्पाको चौँरी र नाउर ?

ब्यानर समाचार 2, समाचार
उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिनुभयो । चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उहाँको भनाइ छ । आफ्नो मात्र सात वटा चौँरी मरेको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उहाँले जानकारी दिनुभयो । चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया)मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए । केहीले सेतक चिनी खाएर पनि मरेको ...
मात्र एक करोड थान मतपत्र छाप्न बाँकी

मात्र एक करोड थान मतपत्र छाप्न बाँकी

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइभइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो...
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

ब्यानर समाचार 2
मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए । पञ्चमीका दिन पनि दिनभरि नि...
आर्थिक क्रान्तिले मात्रै राजनीतिक क्रान्ति सफल हुने   : अध्यक्ष प्रचण्ड

आर्थिक क्रान्तिले मात्रै राजनीतिक क्रान्ति सफल हुने : अध्यक्ष प्रचण्ड

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहनुभएका उहाँले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताउनुभयो । “हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दीगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।” उहाँले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राज...
कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
लेखक - माधव तिमल्सिना काठमाडौंमा नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको हो कि डा. बाबुराम भट्टराई र वर्षमान पुनसँग गरेको हो मलाई त बुझ्नै कठिन भएको छ । नेपाली कांग्रेसको बलियो पकड रहेको काठमाडौं २ मा वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीलाई नेपाली कांग्रेसले छाडेको छ र काठमाडौं ७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराईलाई छाडेको छ । एमाले फुटेको अवस्था, स्थानीय निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेस एक्लैले सजिलै जित्ने ठाउँ हुन यी । काठमाडौं–९ मा सत्तारुढ गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस पहिलो भए पनि एमालेभन्दा कमजोर भएकाले माओवादी केन्द्र वा अरुलाई टिकट दिंदा कांग्रेसी नेता तथा कार्यकर्ताहरुमा कुनै गुनासो छैन । माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको पक्षमा बिना हिच्किचाहट कांग्रेसी नेता तथा कार्यकर्ताहरु हिंडेका छन् । यो निर्वाचन क्...
चिनियाँ ड्रेगनहरू – किन तिनीहरू यति महत्त्वपूर्ण छन्?

चिनियाँ ड्रेगनहरू – किन तिनीहरू यति महत्त्वपूर्ण छन्?

अचम्मका कुरा, ब्यानर समाचार 2
ड्रेगन चीनमा सबैभन्दा लोकप्रिय प्रतीकहरू मध्ये एक हो र व्यापक रूपमा देश बाहिर पनि सबैभन्दा चिनिने चिनियाँ प्रतीकको रूपमा मानिन्छ। ड्र्यागन मिथक सबै चिनियाँ राज्यहरूको संस्कृति, पौराणिक कथा, र दर्शनको एक हिस्सा भएको छ र आजको दिनसम्म गहिरो मूल्यवान छ। चिनियाँ ड्र्यागनका प्रकारहरू: त्यहाँ चिनियाँ ड्र्यागनका धेरै भिन्नताहरू छन्, प्राचीन चिनियाँ ब्रह्माण्डविद्हरूले चार मुख्य प्रकारहरू परिभाषित गरेका छन्: - सेलेस्टियल ड्रैगन (Tianlong): यिनीहरूले देवताहरूको स्वर्गीय निवासहरूको रक्षा गर्छन्, - अर्थ ड्रैगन (Dilong): यी प्रसिद्ध जल आत्माहरू हुन्, जसले जलमार्गहरू नियन्त्रण गर्दछ, - आध्यात्मिक ड्र्यागन (Shenlong): यी प्राणीहरु को शक्ति र वर्षा र बतास को नियन्त्रण छ, - लुकेको खजानाको ड्र्यागन (फुजाङलोङ): यी ड्रेगनहरूले लुकेको खजानालाई सुरक्षित राख्छन्, दुबै प्राकृतिक रूपमा हुने र मानव निर्मि...