Wednesday, April 24
Shadow

लसुन सेवनका १० फाइदा :


  • -इ
  • इ+

हामी लसुन वर्षौंदेखि खानामा प्रयोग गर्दै आइरहेका छौं  । यसमा भिटामिन बी–6, भिटामिन–सी, फाइबर, प्रोटिन र म्यांगनीज जस्ता पोषक तत्वहरू पाइन्छ । यी हुन् लसुन सेवनका १० फाइदा :

-पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ।

-लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने। उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने। निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ। यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ।

-उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ। यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ।

-लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।

-सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तै-  दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ।

-लसुनमा जति धेरै पोषणतत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुन्छ ।

-कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।

-लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।

-शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।

-हड्डीको विकासमा सहयोग पुर्‍याउँछ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares