Friday, May 22
Shadow

ब्यानर समाचार 2

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक वालुवाटारमा सम्पन्न भएको छ। बैठकले १६ औं योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले संसदमा आफुले गरेको सम्बोधन स्मरण गराउदै सरकारको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा होस या रणनीतिक योजना र आवधिक योजना(पन्चबर्षिय) बनाउदा होस। जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउन आवस्यक हुन्छ। त्यसको लागि वातावरण बनाउन सहभागीहरुलाई मार्गनिर्देशन गर्नुभयो । उहाँले योजना निर्माण गर्दा पन्ध्रौं योजनाको समिक्षा त जरुरी विषय भैहाल्यो तर देश योजनाबद्ध विकासको चरणमा प्रवेश गरेको धेरै बर्ष भएकोले यसको समग्र समिक्षा पनि आवस्यक रहेको बताउनु भयो। यो अवधारणा पत्र पारित भयो। यो अब छलफलको लागि अगाडि बढाउन सम्माननीय ज्युले निर्द...
विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

विरगंज उवा संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

ब्यानर समाचार, ब्यानर समाचार 2
विरगंज - विरगंज उद्योग वाणिज्य संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच श्रावण १५ गते साेमबार विरगंज उद्योग वाणिज्य संघकाे सभाहलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव नरेश टिबडेवाल, सम्पूर्ण पदाधिकारी र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भाेलानाथ अर्याल, केन्द्रीय सचिव साेमनाथ खडाल, केन्द्रीय सदस्य तथा विरगंज इकाई समितिका इन्चार्ज कपिल सत्याल, केन्द्रीय सदस्य विकास भन्डारी, केन्द्रीय सदस्य कुमार खरेल, विरगंज इकाई समितिका अध्यक्ष श्री प्रदिप कुमार उपाध्याय,उपाध्यक्ष अनिल पटेल, सचिव उमेश खतिवडा, काेषाध्यक्ष सुवास यादव लगायत निजी क्षेत्रका व्यापारीहरुकाे उल्लेख सहभागिता थियाे। विरगंज उद्योग बाणिज्य संघका अध्यक्षले शुभकामना मन्तव्य राख्दै भर्खरै प्र...
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिकाे प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिकाे प्रथम अधिवेशन सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
बिरगंज - राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे विरगंज इकाई समितिकाे प्रथम अधिवेशन तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदकाे प्रथम स्थापना दिवसमा विरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्री डिल्लीराम पन्थीकाे प्रमुख आतिथ्यता, सुख्खा बन्दरगाह, सिर्सियाका प्रमुख भन्सार अधिकृत श्री डा रामप्रसाद मैनालीकाे विशिष्ट आतिथ्यता तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदका अध्यक्ष श्री भाेलानाथ अर्यालको सभापतित्वमा श्रावण १४ गते आइतबार हाेटल मकालु, विरगंजमा सम्पन्न भएकाे छ। श्रावण १४ गते राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे स्थापना दिवसकाे अवसरमा आयाेजित प्रथम अधिवेशनमा राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव श्री समीर राज विष्टले सर्वसम्मतिले निर्वाचित १७ सदस्यीय इकाई कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति घाेषणा गर्नुभएकाे थियाे। उक्त अधिवेशनमा १०० जना भन्दा बढि भन्सार एजेन्ट, भन्सार एजेन्ट प्रतिनि...
लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख्न प्रधानमन्त्रीको आव्हान

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख्न प्रधानमन्त्रीको आव्हान

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउनुहुँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताउनुभयो । लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताउनुभयो । प्रधामन्त्री प्रचण्डले भन्नुभयो- 'छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर...
मानव सेवा संस्थान, सेवा सेन्टर बढ्नी द्वारा जनचेतना र्‍याली

मानव सेवा संस्थान, सेवा सेन्टर बढ्नी द्वारा जनचेतना र्‍याली

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु, साउन १४ - अजय मिश्र मानव सेवा संस्थान "सेवा", सेंटर- बढनी द्वारा आज अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवसको अवसरमा जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना रैली निकालिएको थियो । उक्त रैलिमा बैनर तथा प्लेकार्ड हाथमा लिएर 'सेवा' का वालंटियर्स, छात्रछात्रा, विभिन्न संस्थाका वालंटियर्स लगायत अन्यले नारा लगाउदै बॉर्डर रोड, स्टेशन रोड, मालगोदाम तिराहा, गोला बाजार, पोस्ट आफिस रोड, रामजानकी मंदिर सडकमर्ग परिक्रमा गरेका थिए । जनचेतना रैली लाई बढ्नीका चेयरमैन सुनील अग्रहरीको निर्देशनमा रैली अगाडि बढेको थियो। रैलिमा भनिएको जागरूकता सम्बंधि नाराले सीमा क्षेत्रका बासिंदाको ध्यान आकर्षित गरेको थियो। बढनीमा निकालिएको उक्त रैलीमा नेपाल प्रहरी, एपीएफ, नगर पालिका, उद्योग वाणिज्य संघ, ट्रेवल एजेंसी, प्रेस, ट...
शान्ति पुनर्स्थापना गृह (PRC) ले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

शान्ति पुनर्स्थापना गृह (PRC) ले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, साउन १० - अजय मिश्र मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले जानकारी दिनुभयो। आज बार्षिक समिक्षा कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए। शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु...
नेवि संघ द्वारा कृष्णनगरमा विपी कोइरालाको ४१औँ स्मृति दिवस

नेवि संघ द्वारा कृष्णनगरमा विपी कोइरालाको ४१औँ स्मृति दिवस

ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु, साउन ६ - अजय मिश्र नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१ औँ बीपी स्मृति दिवस मनाइएको छ। शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा विद्यार्थी नेताहरु उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए । कार्यक्रममा विपी कोइरालाको फोटोमा माल्यार्पण तथा मैनबत्ती बाली उहाँ प्रति सम्मान प्रकट गरिएको थियो। कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले विपी कोइराला लोकतांत्रिक अगुवा रहेको बताउदै उहाँले नेपाल राष्ट्रका लागि दिएको योगदान अविस्मरणीय रहने बताउदै विद्यालय तहको पाठ्यक्रममा समेत उहाँको जीवनी समावेश गरि विद्यार्थी लाई अध्ययन गराउनुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेस समर्थन नेता कार्...
वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस ६ “ख” प्रदेशले एसइइ पास हुने विद्यार्थी र स्कुललाइ गर्‍यो सम्मान

वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस ६ “ख” प्रदेशले एसइइ पास हुने विद्यार्थी र स्कुललाइ गर्‍यो सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - तारकेश्वर - १० स्थिति कान्तिपुर एबि पार्टी प्यालेसमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति काठमाडौं ६ (ख) को आयोजनामा वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा प्रदेशको सभापति बिष्णुभक्त तिमल्सिना को सभापतित्वमा  नेपाल सरकारका अर्थ मन्त्री तथा पार्टी प्रबक्ता माननीय डा प्रकाशसरण महतको प्रमुख आतिथ्यता र बिशिष्ठ अतिथि द्वय पुर्ब रक्षामन्त्री तथा संबिधान सभा सदस्य भीमसेनदास प्रधान एवं त्रिभुवन विश्व बिध्यालयका पुर्ब उपकुलपति प्रा डा तिर्थराज खनियाँ, अतिथिहरु बागमती प्रदेशसभा सदस्य माननीय हरिप्रभा खड्गी , क्षेत्रिय सभापति श्यामकृष्ण  खड्गी , बागमती प्रदेश कार्यसमिति सदस्य हरिहर अधिकारी र ईन्दिरा चौलागाईं , तारकेश्वर नगर प्रमुख कृण्णहरी महर्जन , टोखा नगर सभापति ओमकृण्ण बिमली , महाधिवेशन प्रतिनिधि , प्रदेश प्रतिनिधि , जिल्ला सदस्य , क्षेत्रिय सदस्य , प्रदेशसभा कार्यसमिति सदस्...
जनमत पार्टी सरकारमा जाने चाहनाले शक्ति बस्नेत बाहिरिने संभावना !

जनमत पार्टी सरकारमा जाने चाहनाले शक्ति बस्नेत बाहिरिने संभावना !

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं, २ साउन । ऊर्जामन्त्री शक्ति बस्नेतलाई सरकार छाड्न पार्टीभित्रबाटै दबाब पर्दै गएको छ । जनमत पार्टी सरकारमा सहभागी हुन चाहेकोले माओवादी केन्द्रको भागमा परेको मध्येबाटै एक मन्त्री पद रिक्त गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रका हालका अन्य मन्त्रीहरू भन्दा कम क्रियाशीलता रहेको आरोप खेपेका र  समावेशिता दुबै पाटो देखिएकाले बस्नेतलाई सरकार छाड्न दबाब परेको हो । उनी गृहमन्त्री र वनमन्त्री पहिले नै भैसकेका थिए ।...
प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
अजय मिश्र, कपिलवस्तु, अषाढ ३० प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता, प्रमुख अतिथिमा कपिलवस्तु प्याबसनका जिल्ला बरिष्ठ उपाध्यक्ष धिरेन्द्र सिंह, विशिष्ट अतिथिमा समाजसेवी सुसिल श्रीवास्तव, अतिथिमा सुनिल सिंह, मोहम्द मुस्लिम, ज्योतिर मय श्रीवास्तव, आलोक ओझा, राजन मौर्या लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहल SEE उत्रिण विद्यार्थी हरूको उज्जवल भविष्यको कामना गर्दै, विद्यार्थी हरु देशका भबिस्य रहेको हुदाँ विद्यार्थीको रूचि, क्षमता अनुसार आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउदै कृष्णनगरको नाम उच्च राख्न समेत विद्यार्थी हरूमा अनुरोध गर्नुभयो। कार्यक्रममा विद्यार्थी ...